काठमाडौँ : – कुनै पनि शुभ कार्य गर्नु अघि भगवान श्रीगणेशको पूजा गरिन्छ। भगवान गणेशलाई देवताहरूमध्ये पहिलो पूजनीय देवता मानिन्छ। विघ्नहर्ता गणेशको पूजा गर्दा जीवनका सबै सङ्कट नाश हुने मान्यता छ। चैत्र महिनाको कृष्ण पक्षको सङ्कटी चतुर्थीलाई भालचन्द्र सङ्कटी चतुर्थी पनि भनिन्छ। यो वर्ष भालचन्द्र सङ्कटी चतुर्थी फाल्गुन २७ गते शनिबारको दिन छ।
यस दिन भगवान गणेशको पूजा गर्नाले मनोकांक्षा प्राप्त हुने जनविश्वास रहेको छ। आर्थिक समृद्धि आउँछ। ज्योतिष शास्त्र अनुसार १२ राशिहरुमध्ये केही राशिमा भगवान श्रीगणेशको कृपा रहनेछ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
ज्योतिष शास्त्रका अनुसार मेष राशि भगवान श्रीगणेशको अति प्रिय राशि हो। यस राशिका मानिसहरु जन्मजात नै बुद्धिमान र साहसी मानिन्छन्। भगवान श्री गणेशको कृपाले यस राशिका मानिसले आफ्नो कर्ममा सफलता प्राप्त गर्ने जनविश्वास रहेको छ। आत्मविश्वास उच्च रहन्छ। मेष राशिका व्यक्तिहरूले भगवान गणेशको पूजा गर्नाले शुभ फल प्राप्त गर्दछन्।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
ज्योतिषाचार्यका अनुसार मिथुन राशिका जातकमा भगवान गणेशको कृपा रहन्छ। यस राशिका मानिसहरु हरेक काममा निपुण मानिन्छन्। यस राशिका विद्यार्थीलाई बुद्धिमानी मानिन्छ। यस राशिका मानिसहरु अरुको सहयोगमा सधैं अग्रसर हुन्छन्। उनीहरु दयालु स्वभावका हुन्छन्।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मकर राशिलाई भगवान श्रीगणेशको प्रिय राशिहरुमध्ये एक मानिन्छ। यस राशिको स्वामी ग्रह शनिदेव हुन्। यस राशिका जातक मेहनती र साहसी हुन्छन्। उनीहरुले बुद्धिको बलमा आफ्नो काममा सफलता हासिल गर्छन्। यस राशिका मानिसलाई भाग्यको धनी मानिन्छ।