काठमाडौँ : – शनि अहिले आफ्नो स्वराशि कुम्भमा विराजमान छ। सूर्यले पनि फाल्गुन १ गते सोमबार शनिको कुम्भ राशिमा गोचर गरेको थियो। बृहस्पति ग्रह आफ्नो स्वराशि मीनमा विराजमान छ र बृहस्पतिसँगै शुक्र पनि मीन राशिमा रहेको छ। ग्रहहरुको यस्तो स्थिति वर्षौँपछि बनेको हो। ग्रहहरूको यो स्थितिले शश राजयोग, मालव्य राजयोग र हंस राजयोग निर्माण गरिरहेको छ। ग्रहहरुको यो स्थिति चैत १४ गते मङ्गलबारसम्म थुप्रै राशिहरुका लागि लाभकारी सिद्ध हुनेछ। जान्नुहोस् कुन राशिका व्यक्तिले पाउँछन् खुसीको खबर र कसले गर्नेछन् प्रगति : –
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका लागि दुई राजयोग बन्नेछ – हंसराज योग र मालव्य राज योग। बृहस्पतिको साथमा शुक्र कर्म भावमा रहेको हुनाले मिथुन राशिका व्यक्तिहरूलाई काममा प्रशस्त लाभ र पदोन्नति र व्यापारमा प्रशस्त लाभ मिल्नेछ। अर्कोतिर रोजगारीको खोजीमा रहेका मानिसहरुले उपयुक्त जागिर पाउनेछन् र सोहीँ अनुसार आफ्नो भविष्यको योजना बनाउन सक्नुहुन्छ। मिथुन राशिका व्यक्तिहरुको समाजमा मान सम्मान र सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कुम्भ राशिका व्यक्तिहरूलाई शनिको शनिको कृपा प्राप्त हुनेछ, जसले उनीहरुको लग्न भावमा शश राज योग बनाउँदैछ। लगानीबाट मनग्यै लाभ हासिल हुनेछ। आफ्नो व्यावसायिक जीवनमा सहकर्मीहरू र वरिष्ठ अधिकारीहरुबाट समर्थन र प्रशंसा प्राप्त हुनेछ र कार्यस्थलमा तपाईको मान-सम्मान बढ्नेछ। व्यापार-व्यवसाय विस्तार गर्न चाहने व्यक्तिले विस्तारको अवसर पाउनेछन्। आर्थिक क्षेत्रमा लाभ हुने प्रबल सम्भावना छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
धनु राशिका व्यक्तिहरूको कुण्डलीको चतुर्थ भावमा मालव्य राजयोग बन्दा यी राशिका जातकको सुख-समृद्धिमा वृद्धि हुनेछ। लामो समयदेखि चलिरहेको पैतृक सम्पत्तिको विवाद सुल्झिनेछ। व्यापार-व्यवसायबाट प्रशस्त मुनाफा मिल्नेछ। लामो समयदेखि रोकिएका काम शीघ्र पूरा हुनेछ।