२०७९ सालको अन्तिम सूर्यग्रहण लाग्दै, यी ३ राशिको सूर्यझैँ चम्किनेछ भाग्य

काठमाडौँ : – वि.सं. २०७९ सालको अन्तिम सूर्यग्रहण चैत्र २७ गते(१० अप्रिल) सोमबार लाग्दैछ। यो सूर्यग्रहण मेष राशिमा लाग्दैछ। मेष राशिको स्वामी ग्रह मङ्गलदेव हो। सूर्यग्रहण चैत्र २७ गते बिहान ७ बजेर २० मिनेटदेखि मध्याह्न १२ बजेर ४४ मिनेटसम्म लाग्नेछ। सूतक कालको कुल अवधि ५ घण्टा २४ मिनेटको हुनेछ। तर, यो ग्रहण नेपालमा नदेखिने भएकाले सुतक काल नेपालमा मान्य हुने छैन। सूर्यग्रहण कतिपय राशिका लागि अशुभ साबित हुनेछ भने केही राशिका लागि सूर्यग्रहण भाग्यशाली साबित हुनेछ। सूर्यग्रहणबाट कुन-कुन तीन राशिलाई लाभ हुनेछ त : –

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

सूर्यग्रहणको प्रभावले तपाईको आम्दानीमा वृद्धि हुनेछ। जागिर परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने सफलता मिल्नेछ। रोजगारीको खोजीमा रहेका मानिसहरूले शुभ समाचार प्राप्त गर्नेछन्। आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ। बचतमा सफलता मिल्नेछ। सुख सुविधामा वृद्धि हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सूर्यग्रहणको प्रभावले मिथुन राशिका व्यक्तिहरूलाई धन लाभको योग बनेको छ। यात्रामा जाने योग बनेको छ। रोकिएको पैसा फिर्ता हुन सक्छ। विवाहितहरूका लागि सन्तान प्राप्तिको योग छ। अड्डा-अदालतको मामिलामा विजय हासिल गर्नुहुनेछ। राजनीतिक लाभ हुनेछ। व्यवसायिक सफलता मिल्नेछ। मान-सम्मानमा वृद्धि हुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

सूर्यग्रहणको प्रभावले धनु राशिका व्यक्तिहरूलाई भाग्यको पूर्ण साथ मिल्नेछ। व्यापारीले नाफा कमाउनेछन्। आम्दानीमा वृद्धि हुनुका साथै काम गर्ने व्यक्तिको उन्नति हुनेछ। जुनसुकै काममा हात हाल्दा पनि सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सहकर्मीको सहयोग मिल्नेछ।

प्रकाशित : बुधबार, फागुन २४, २०७९१५:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

६ दिनपछि सूर्यदेव मित्र ग्रहको राशिमा प्रवेश गर्दै, यी राशिको चम्किन सक्छ भाग्य