यस्ता कार्य गर्दा छिट्टै प्रशन्न हुन्छन् भोलेनाथ, क्रूर ग्रहको पनि लाग्दैन केही !

मानिसको कुण्डलीमा राहु केतु खराब छ भने उनीहरुले आफ्नो जीवनको हरेक चरणमा कष्टको सामना गर्नुपर्छ वा मरणसम्मको सम्भावना हुन्छ। यी कष्टहरू धेरै पीडादायी हुन्छन् तर जसको कुण्डलीमा राहु र केतु दुबै राम्रो छ भने उनीहरूले सबै खुशी सजिलैसँग प्राप्त गर्छन्। धर्मशास्त्रका अनुसार जब सबै ग्रहहरू राहु र केतुको बिचमा आउँछन्, तब कालसर्प योग बन्छ। तर जसले आफ्ना बाबुआमाको सेवा गर्छन्, कालसर्प योगले उनीहरूलाई कुनै प्रकारको कष्ट पुर्याउँदैन। जसको कुण्डलीमा कालसर्प योग छ उसले कालसर्प दोषको शान्ति गराउनु पर्छ। राहु-ग्रह शंकरको परम भक्त हो। त्यसैले भगवान शिवको पूजा तथा आराधना गर्नुपर्छ।

सोमबारको दिन उपवास राख्नुहोस्।  इमान्दार हृदयले भगवान शिवको पूजा गर्नुपर्छ। साँझमा शिवको अगाडि बत्ती बाल्नुहोस्, र शिवलाई खीर, मावा मिठाई र दुधको परिकार अर्पण गर्नुहोस् र त्यसपछि आफैँ ग्रहण गर्नुहोस्। यदि राहुको महादशा चलिरहेको छ र सूर्य, चन्द्रमा र मंगल ग्रहको अन्तरले तपाईंलाई चोट पुर्‍याइरहेको छ भने यस समयमा भगवान शिवलाई दैनिक बेलपत्र चडाएर दुध अर्पण गर्नु निकै लाभदायक हुन्छ।

यदि तपाईंको जन्मंकमा राहुले, चन्द्रमा, सूर्यलाई दुषित गर्दैछ भने, सत्य मनले भगवान शिवको पूजा गर्नुपर्छ। भगवान भोलेनाथ भक्तको पवित्र पूजाले छिटै प्रशन्न हुन्छन्। सत्य हृदयले शिवको पूजा गर्नुपर्छ। राहुको महादशा निकै पीडादायी हुन्छ, यस समयमा व्यक्तिले भगवान शिवको अभिषेक गर्नुपर्छ र शिव पुराणको पाठ गर्नुपर्छ। राहुको दशा चलेको समयमा शिव जीको मन्त्र ॐ नमः शिवाय जप गर्नुपर्छ।

प्रकाशित : बुधबार, फागुन २४, २०७९१०:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मंगल, शुक्र लगायत धेरै ग्रहको राशि परिवर्तन हुँदै, कुन राशिमा पर्ला कस्तो असर ?