केही दिनमा मंगल मिथुन राशिमा प्रवेश गर्दै, चम्किनेछ ४ राशिको भाग्य !

ज्योतिषमा मंगलको विशेष स्थान रहेको छ। ग्रहचक्रमा मंगल ग्रहहलाई ग्रहहरुको सेनापति भनिन्छ। मंगल ग्रहलाई शक्ति, भाइ, भूमि, पराक्रम, साहस र वीरताको कारक भनिन्छ। मंगल ग्रह मेष र वृश्चिकको स्वामित्वमा छ। मंगल मकर राशिमा यो उच्च हुन्छ, त्यस्तै कर्कट राशि मंगल् राशिमा कमजोर हुन्छ। मार्च १३ मा मंगल ग्रहले राशि परिवर्तन गर्दैछ। यस दिन मंगल मिथुन राशिमा प्रवेश गर्नेछ। मंगल मिथुन राशिमा प्रवेश गर्ने बित्तिकै केही व्यक्तिहरूको लागि शुभ दिन सुरु हुनेछ। जान्नुहोस् कुन-कुन राशि?

मेष राशि

तपाईं आफ्नो रोकिएको पैसा फिर्ता पाउन सक्नुहुन्छ। मिहिनेत गर्नुहोस्, लाभ मिल्नेछ। कार्यक्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ। कला तर्फ झुकाव बढ्नेछ। व्यापार व्यवसायका लागि समय राम्रो छ। मान-सम्मानमा वृद्धि हुनेछ। अधिकारीहरू खुसी हुनेछन्। आर्थिक लाभ हुने अपेक्षा गरिएको छ। केही शुभ समाचार प्राप्त हुन सक्छ।

मिथुन राशि

मंगल ग्रहको राशि परिवर्तन तपाईका लागि वरदान जस्तै हुनेछ। व्यापारमा तपाईको आर्थिक संकट हट्नेछ। मानसिक तनाव हट्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। हरेक काममा सफलता मिल्नेछ। धन लाभको योग रहेको छ। मान सम्मानमा वृद्धि हुनेछ।

वृश्चिक राशि

कार्यस्थलमा राम्रो वातावरण रहनेछ। रोकिएको धन प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। पुराना रोगहरुको अन्त्य हुनेछ। आर्थिक संकट हट्नेछ। आम्दानीमा वृद्धि हुने सम्भावना छ। परिवारका साथ तीर्थयात्रा गर्ने अवसर मिल्नेछ।

धनु राशि

यस समयमा इज्जत बढ्नेछ। आफ्नो निराशावादी मानसिकता नियन्त्रण गर्ने प्रयास गर्नुहोस्। स्वास्थ्य राम्रो रहनेछ। व्यापारमा नयाँ दिशामा ध्यान दिनुहोस्। मङ्गलको राशि परिवर्तन व्यापारका दृष्टिले राम्रो छ। पुरानो साथीसँग भेटघाट हुनसक्छ।

प्रकाशित : आइतबार, फागुन २१, २०७९११:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साताको अशुभ राशि: यस साता अनेक समस्याले सताउनेछ यी ४ राशिका मानिसलाई, कुक-कुन ?