भोलि फाल्गुन २१ गतेको राशिफल : सिंह-धनु समेत ७ राशिमा रहनेछ सूर्यदेवको कृपा, हुनेछ भरपूर लाभ

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। फागुन २१ गते आइतबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ।

पञ्चाङ्ग : – 

दिन : – आइतवार नक्षत्र : – अश्लेषा , २२:०० बजे उप्रान्त मघा तिथि : – त्रयोदशी , १४:२८ बजे उप्रान्त चतुर्दशी करण : – तैतिल १४:२८ बजेदेखि गर , २७:३० बजे उप्रान्त वव योग : – अतिगण्ड , २१:०० बजे उप्रान्त सुकर्मा फागुन २१, २०७९, आइतवार 05 March, 2023
त्रयोदशी, फाल्गुण शुक्लपक्ष चिल्लाथ्व, ११४३ ने.सं. सूर्योदय(sunrise) : ६:२७ सूर्यास्त(sunset) : १८:०६ शुभ साइत : रुद्री गर्ने साइत, होम गर्ने साइत, विवाह गर्ने साइत

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

दिन आध्यात्मिक दृष्टिले अनौठो अनुभूति हुनेछ। रहस्यमय विद्या तथा सम्बन्धित कुराले विशेष आकर्षण रहनेछ। आध्यात्मिक सिद्धि मिल्ने योग रहेको छ। नयाँ कार्य प्रारम्भ नगर्नुहोला।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

गृहस्थजीवनमा सुखको अनुभव हुनेछ। परिवार तथा निकटको आफन्तसँग प्रसन्न वातावरणमा भोजनको आनन्द लिनुहुनेछ। विदेश स्थित आफन्तको समाचारबाट मन प्रफुल्लित रहनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

दिन शुभ फलदायी रहेको छ। घरमा शान्ति र आनन्दको वातावरण रहनेछ। अधुरो कार्य सम्पन्न हुनेछ। आर्थिक लाभ पनि हुनेछ। खर्चको मात्रा बढ्नेछ। शारीरिक स्वास्थ्य राम्रो रहनेछ र स्वभावमा क्रोधको मात्रा बढ्नेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

दिन शान्तिपूर्वक बित्नेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछैन। शारीरिक रुपले पेटमा पीडा रहनेछ र  मानसिक रुपले चिन्ता, उद्वेग रहनेछ।  आकस्मिक खर्च हुनेछ। वाद-विवादलाई टाल्नुहोला।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

शारीरिक रुपले अस्वस्थ तथा मानसिक रुपले व्याकुल रहनुहुनेछ। घरमा आफन्तसँग गलत धारणाको कारण मन उदास रहनेछ। आमासँग मनमुटाव हुनेछ तथा स्वास्थ्यको चिन्ता रहनेछ। सरकारी तथा सम्पत्ति सम्बन्धित महत्वपूर्ण पत्रमा सही नगर्नुहोला।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कुनै कार्यमा सोचेर अगाडी बढ्नुहोला। भाई-बहिनीसँग रमणीय सम्बन्ध रहनेछ। मित्र,आफन्तसँग भेट हुनेछ। प्रत्येक कार्यमा सफलता मिल्नेछ। आर्थिक लाभ प्राप्त हुनेछ। समाजमा मान-सम्मान मिल्नेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मनोबल कमजोर रहनेछ। त्यसैले कुनै निर्णयमा आउन निकै कठिन हुन सक्छ। नयाँ कार्य तथा महत्वपूर्ण निर्णय नलिनुहोला। परिवारसँग वाद-विवाद नहोस् यस कुराको ध्यान राख्नुहोला।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

तपाईको दिन शुभ रहनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। परिवारको सदस्यसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ। आफन्तबाट भेट वा उपहार मिलन सक्छ। शुभ समाचार मिल्नेछ तथा आनन्ददायी समय रहनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

तपाईको दिन कठिन रहनेछ। परिवारसँग बहस हुनेछ तथा दुख हुन सक्ला। बोलीमा ध्यान राख्नुहोला। शारीरिक स्वास्थ्य बिग्रिन सक्ला। खर्च बढ्ला।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मित्र-आफन्तसँग भएको भेट आनन्दपूर्ण रहनेछ। सामाजिक क्षेत्र, व्यापार तथा अन्य क्षेत्रमा दिन लाभदायी रहेको छ। जीवनसाथीको खोज गर्दा सरलतापूर्वक सफलता मिल्नेछ। घरमा शुभ प्रसंग रहनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

दिन शुभ फलदायी रहनेछ। प्रत्येक कार्य सरलताले सफलता प्राप्त हुनेछ। परिणामस्वरुप मानसिकरुपले प्रफुल्लित रहनुहुनेछ। पेसामा उच्च अधिकारीको कारण पदोन्नतिको योग रहेको छ। धनप्राप्तिको योग रहेको छ। गृहस्थ-जीवनमा आनन्द प्राप्त हुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मनको अस्वस्थताको कारण व्यग्र रहनेछ। शरीरमा थकान र आलस्य अनुभव हुनेछ। उच्चाधिकारीसँग सावधानीपूर्वक कार्य गर्नुहुनेछ। सन्तानको विषयमा चिन्ता रहनेछ। आवश्यक निर्णय लिनुहुनेछ। व्यापारी वर्गको व्यापारमा बाधा आउनेछ।

प्रकाशित : शनिबार, फागुन २०, २०७९२०:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि फाल्गुन २२ गतेको राशिफल : महादेवको अपार कृपाले यी ६ राशिले पाउनेछन् मनग्यै लाभ, आयमा हुनेछ वृद्धि