पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा फिल्म निर्मातालाई लगानी उठाउन समेत नसक्ने अवस्था छ। यस्तो परिस्थिरमा नयाँ वर्षको दिन बैशाख १ गते एक साथ ५ वटा फिल्म प्रदर्शनमा आउने भएको छ। एकै मितिमा भारतीय फिल्म नेपालमा पनि प्रदर्शन गरेको भनेर विरोध गर्ने नेपाली फिल्म निर्माता अहिले एक साथ ५ फिल्म भिड्न तयार भएका छन्।
अहिले चर्चित कलाकारको साथ चर्चित मानिएका फिल्मका सिरिजहरू एक-आपसमा भिड्दा फ्लप हुने निश्चित जस्तै भएको छ। एक साथ दुई फिल्म प्रदर्शनमा आउँदा त अनेक विलाप गर्ने नेपाली फिल्म निर्माता अब एक साथमा ५ फिल्म भिड्दा कस्तो अवस्था होला त्यो आगामी समयले बताउने छ।
वैशाख १ गते एक साथ ‘प्रसाद २’, ‘नाइँ नभन्नु ल-६’, ‘बिहे पास’, ‘जारी’ र ‘बुलाकी’ प्रदर्शनमा आउने भएका छन्। यी फिल्महरूमा प्राय: अहिलेसम्म चलेका-नाम कमाएका कलाकारको अभिनय रहेको छ। अब बैशाख १ गते हलमा फिल्म हेर्न जाने दर्शकले कुन फिल्म हेर्ने भनेर दोधारमा पर्ने निश्चित छ।
अहिले फिल्म निर्माताले यसरी फिल्म जुधाउँदा सार्वजनिक बिदाको समय बाहेक अन्य समय फिल्म चलाउ नै नसकिने अवस्था आएको जस्तो देखिन्छ। अहिले केही फिल्म निर्मातालाई फिल्म किन जुधाउनु भयो भन्दा उनीहरू भन्छन् ‘अरु फिल्म भन्दा मेरी फिल्म फरक प्रकृति-कथा बस्तुको छ । त्यसैले यसै मितिमा प्रदर्शन गर्न लागेको’ भन्ने धारणा राखेको देखिन्छ।