एजेन्सी- बलिउड अभिनेत्री शिल्पा शेट्टी हालै एउटा कार्यक्रममा खुलेको कपडा लगाएर पुगेकी थिइन्। उक्त कार्यक्रममा उपस्थित अभिनेत्रीको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
शिल्पा शेट्टीलाई बलिउडकी सबैभन्दा फिट र स्टाइलिस नायिकामा गनिन्छिन्। उनी आफ्नो पर्सना:-लिटीका कारण बारम्बार चर्चामा रहन्छिन्। हालै अभिनेत्री मुम्बईमा एक कार्यक्रममा पुगेकी थिइन् । यससँग जोडिएको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
यस भिडियोमा अभिनेत्रीले खुलेको कपडा लगाएर देखिन्छिन्। यो भिडियो तथा तस्बिर सार्वजनिक हुने बित्तिकै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अभिनेत्रीलाई ट्रोल गरिरहेका छन्।
शिल्पा शेट्टीको सार्वजनिक भएको भिडियो तथा तस्बिरमा उनले सेतो जम्पसूट लगाएकी थिइन्, जसमा उनी निकै असहज देखिएकी थिइन्। र त्यसमाथि सेतो कोट लगाएकी थिइन्।
भिडियोमा शिल्पाले बारम्बार आफ्नो शरीर छोप्न कोट समातेको देखिन्छ। शिल्पा शेट्टीको यो लुक सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई खासै मन परेन र प्रयोगकर्ताहरूले उनको आलोचना समेत गरेका छन् भने केहीले उनको सुन्दर्ताको प्रशंसा गरेका छन् ।