बुध-शनिको योगले यी ३ राशिका जीवनमा हुनेछ हलचल, फाल्गुन १५ गतेबाट सुरु हुनेछ सुखद् दिन

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा हरेक ग्रहको मानव जीवनमा अलग-अलग प्रभाव पर्छ। कहिले-काहीँ ग्रहको स्थिति यस्तो बन्छ कि एउटै राशिमा एक भन्दा बढी ग्रह विराजमान हुन्छन्। यस स्थितिलाई ग्रहको संयोग भनिन्छ। अहिले ग्रहको राजकुमार बुध र न्यायदेवता शनिदेवको मिलन हुँदैछ। शनि आफ्नो स्वराशि कुम्भमा विराजमान छ। शनिको गोचर माघ ३ गते मङ्गलबार भएको थियो। त्यस्तै बुध फाल्गुन १५ गते सोमबार कुम्भ राशिमा प्रवेश गर्नेछ। शनि-बुधको योग करिब ३० वर्ष बन्न लागेको हो। यी दुई ग्रहको मिलनबाट कुन राशिलाई फाइदा हुन्छ जान्नुहोस् : –

१. • मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – 

मेष राशिका जातकको लागि बुध र शनि कुम्भ राशिमा आउनु शुभ मानिन्छ। ग्रहको यो संयोग ११ औँ भावमा बन्दैछ। यसलाई जन्मकुण्डलीमा आय र लाभको भाव मानिन्छ। यस समायावधिमा विगतमा गरेको लगानीबाट लाभ मिल्नेछ। व्यापारी वर्गलाई मुनाफा हुनेछ। काम गर्नेहरुले नयाँ अवसर पाउनेछन्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – 

२. वृष राशिका लागि शनि-बुधको योग अत्यन्तै शुभ मानिन्छ। यो योग खासगरी व्यापारीहरुका लागि लाभदायी साबित हुनेछ। शनि-बुधको योग कर्म भावमा हुँदैछ। यस्तो अवस्थामा श्रमजीवीले बढुवा पाउन सक्छन्। कार्यस्थलमा उच्च अधिकारीको सहयोग मिल्नेछ। पिताको सहयोग प्राप्त हुनेछ। धन आर्जनका नयाँ मार्ग खुल्नेछन्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – 

शनि-बुधको योगले मिथुन राशिका जातकलाई शुभ परिणाम दिनेछ। यस अवधिमा भाग्यले साथ दिनेछ। भाग्यवश केही काम बन्नेछन्। राजनीतिक लाभ मिल्नेछ। व्यावसायिक सफलता प्राप्त हुनेछ। उच्च अधिकारीको आशीर्वाद प्राप्त हुनेछ। विद्यार्थीहरूका लागि यो समय निकै शुभ रहनेछ। प्रतियोगात्मक परीक्षाको तयारी गरिरहेका जातकले शुभ समाचार प्राप्त गर्नेछन्।

प्रकाशित : बिहिबार, फागुन ११, २०७९१३:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

होलीमा खुल्नेछ यी ४ राशिको भाग्य, शनिदेवको कृपाले हुनेछ धन-लाभ, नोकरी-व्यापारमा गर्नेछन् प्रगति