शनिको महादशामा व्यक्तिलाई हुन्छ अपार धन- दौलतको प्राप्ति, १९ वर्षसम्म रहन्छ प्रभाव

काठमाडौँ : – वैदिक ज्योतिष अनुसार हरेक व्यक्तिमाथि नवग्रहको दशा चलिरहेको हुन्छ। कुनै ग्रहको महादशाको समय धेरै कम हुन्छ भने कुनै ग्रहको महादशा धेरै लामो हुन्छ। यहाँ हामी कुरा गर्न जाँदैछौं शनि ग्रहको महादशाको बारेमा, जसको प्रभाव मनुष्यमाथि १९ वर्षसम्म रहनेछ। वैदिक ज्योतिषमा शनिदेवलाई न्यायप्रिय देवता मानिन्छ। साथै शनिदेवले व्यक्तिको कर्म अनुसार फल प्रदान गर्दछ।

यदि व्यक्तिको जन्मकुण्डलीमा शनि देव अशुभ स्थितिमा छ भने व्यक्तिले आर्थिक र मानसिक रुपमा कष्ट झेल्नुपर्नेछ। यसका साथै शनिदेवको नकारात्मक प्रभावका कारण व्यक्तिले आर्थिक सङ्कटको सामना गर्नुपर्ने हुन्छ। यदि शनि नकारात्मक छ भने यसले साढेसाती या ढैयामा घोर दरिद्रता दिन्छ। जानौं शनिको महादशाको जीवनमा प्रभाव र उपाय…

जीवनमा शनि ग्रहको महादशाको प्रभाव

कुण्डलीमा शनिदेव अशुभ हुँदा

वैदिक ज्योतिष शास्त्र अनुसार हरेक व्यक्तिले जीवनमा शनिको दशाको सामना गर्नुपर्ने हुन्छ। शनिदेवले आफ्नो महादशामा कुन व्यक्तिलाई कस्तो फल दिनेछन् भन्ने बारे चर्चा गरौँ। यो व्यक्तिको कुण्डलीमा शनि कुन स्थितिमा अवस्थित छ भन्ने कुरामा निर्भर हुन्छ। शनि जन्मकुण्डलीमा नकारात्मक (नीच) स्थानमा छ भने व्यक्तिलाई शनिको दशामा धन हानि हुन्छ। व्यापारमा घाटा हुन्छ। शनिदेव कुण्डलीमा सूर्य ग्रहसँग अवस्थित छ भने पैसाको हानि हुन्छ। मान-सम्मानको हानि हुन्छ। शनिदेव र सूर्य भगवानमा शत्रुताको भाव हुन्छ। कुण्डलीमा शनि प्रतिकूल हुँदा साढेसाती या ढैय्या लाग्छ र आर्थिक नोक्सान हुन्छ।

 शनि सकारात्मक स्थितिमा हुँदा

शनि ग्रह कुण्डलीमा उच्च या अशुभ स्थितिमा छ भने शनिको महादशामा व्यक्तिलाई धनलाभ हुन्छ। उनीहरुको धन-दौलतमा वृद्धि हुन्छ। साथै कारोबार पनि राम्रो चल्छ। राजनीतिमा सफलता मिल्छ। यदि तपाईको काम शनि ग्रहसँग सम्बन्धित जस्तै : फलाम, पेट्रोल, खनिज, मदिरा लगायतको छ भने विशेष धनलाभ हुन्छ।

शनिदोषबाट छुटकारा पाउन अपनाउनुहोस् यी उपाय

१. शनिबारको दिन सबैभन्दा पहिला पीपलको बोटको चार कुनामा तोरीको तेलको दियो बाल्नुहोस्।

२. शनि मन्दिर गई शनिको प्रतिमा अगाडी एउटा तोरीको तेलको दियो बाल्नुहोस् र शनि चालिसा पाठ गर्नुहोस्।

३. महिला, वृद्ध, असहाय र मेहनती मजदुरको अपमान गर्नु हुँदैन। यसो गर्दा शनिदेव रुष्ट हुन् सक्छन्।

४. शनिदेवको तान्त्रिक मन्त्र “ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः” १०८ पटक जप गर्नुहोस्। यस मन्त्रको जप दैनिक गर्न सक्नुहुन्छ।

प्रकाशित : बुधबार, फागुन १०, २०७९०८:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४ महिना निकै कठिन हुनेछ यी ३ राशिलाई, हुनेछ अनेक घाटा