काठमाडौँ : – लाखौँको मनमा बस्न सफल एक नेपाली जोडीको खुशीमा बज्रपात भएको छ। टिकटकमा कहिले आफ्नो श्रीमानलाई डान्स गर्न सिकाउने, कहिले अनेक अभिनय गर्न लगाउने, कहिले उटपट्याङ गर्न लगाउने बर्दियाकी सिर्जना सुवेदीले आफ्नो श्रीमानलाई तेस्रो स्टेजको ब्रेन ट्युमर भएको कारण जीवनमरणको दोसाँधमा रहेकोले सामाजिक सञ्जालमा सहयोगको लागि अपिल गरेकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा सोमबार राति लामो दुखान्त सुनाउँदै सहयोगी मनहरुलाई आफ्ना श्रीमान् बिबेक पँगेनीको लागि सकेजति सहयोग गर्न अनुरोध गरेकी छिन्। उनले लेखेको स्ट्याटस जस्ताको तस्तै : –
आज सम्म कैयौं पटक रोइयो होला लाखौँ पटक दुःख देखियो भोगियो, रुँदा रुँदा आँसु सुक्छ रे भनेको सुनेको थिए आज थाहा भो हो रहेछ, आफ्नो पिडा आफै संग राख्नु पर्छ अरू सामु देखाउनु कमजोर हुनु हो सोच्ने गर्थे, कैयौं दुख पार गरियो हाँस्दै नाच्दै, भगवान संग कहिले गुनासो गरिन मैंले तर अब सोध्नु छ कि किन हामी? एक माथी अर्को पिडा किन हामीलाई? कहिले काहीँ पिडा शब्द मा लेखेर न सकिने रहेछ,
आफुलाई पिडा मिल्नु भन्दा बढी भयानक आफूले माया गरेको मान्छे लाई पिडा मा देख्नु हुने रहेछ,सात जुनी संगै काट्ने सपना देखेको मान्छे मेरो, मेरो लागी दुनिया संग लड्ने मान्छे अहिले आफ्नो जीवन को लागी लडिरहेको देखेको छु मैंले, सवैको भलो सोच्ने सवैको दुःख मा रूने मान्छे आज लाचार देखेको छु, पछिल्लो ८ वर्ष मा हामिले एक अर्कालाई गरिएका वाचा, संगै देखेका हजारौं सपना आँखा अगाडी आइपुग्छन्,
किन उसलाई यो सब भयो मलाई भाको भए म सहन सक्ने थिए बरु, सुनाउनु हुन्थ्यो आफुले सानै देखि भोगेका दुःख का कुरा हरू आफ्ना हार का कुरा हरू, एक दिन सुख पनी आउला नि भन्दै आफूले सकेको कोशिश गर्दा गर्दा कती पटक लड्नु भो उठ्नु भो,तर सपना देख्न छोड्नु भएन जिवन मा ठुला सपना थिएन उहाँको, दिन रात न भनि मेहेनत गरेर लामो समय पछि उच्च शिक्षा अध्यनका लागी USA आउने मौका मिलेको थियो उहाँलाई,६ महिना अघि मात्र अध्यन क्रम मा यहाँ आएका थियौं, दुःख त गरुला तर अव त हाम्रो पनि सुख का दिन आउलान् नि
भनेर एकअर्का काे साहस बनेर अघी बढी रहेका थियौं, एक महिना अघी मात्र घर बाट खबर आयो उहाँको आमा रहनु भएन भनेर,एउटा सन्तान ले आमा गुमाउनु पिडा के हो त्यो गुमाउनेले जति हामिले बुझ्न सक्दैनौं, छिन् मा होस् छिन् मा विहोस् हुने भाको थियो उहाँको ,कसरी कसरी रुँदै कराउँदै नेपाल पुगियो, एक महिना काे बसाई पछि आमा काे सबै काम कृया सकेर हामी यता फर्किन लागेका थियौं, अली बिसन्चो
भाको ले उहाँलाई काठमाडौं चेकअप गर्न लगियो, अहीले Dr ले रिपोर्ट हात मा लिएर त्यो खबर सुनाको पल याद गर्दा मुटु निस्केला झैँ हुन्छ,आमा गुमाको एक महिना न पुग्दै आफूलाई तेस्रो स्टेज काे ब्रेन ट्युमर भाको खबर सुन्दा के बित्छ त्यो पर्ने ले मात्र बुझ्छ, आँखा अगाडि हामी दुवैको अँध्यारो भयो, एकअर्का लाई हेरेर रोई रहेंउ, रुँदा रुँदा आँसु सुक्छ रे भनेको सुनेको थिए मैले आफूलाई परेपछि था भयो हो
रहेछ,नेपाल मा रिपोर्ट आको भोलि पल्ट काे फ्लाईट थियो, हिम्मत टुटी सकेको थियो केइ सोच्न सक्ने अवस्था मा थिएनौं,रात भरी रोएर अब हामी रोएर हुँदैन रोग संग लड्नु पर्छ जस्तो लाग्यो, हामी टुट्नु हुँदैन भन्ने लाग्यो, चाहे जे हाेला जस्तो सुकै परिस्थीती आओस् सामना गरुला अब राम्रो ठाउँ मा उपचार गर्नु पर्छ भन्ने लाग्यो, जुन हालत मा नेपाल पुगेका थियौं त्यो भन्दा नाजुक हालत मा यहाँ आइयो, आउना साथ emergency मा लगियो MRI बाट थाहा भो tumor काे आधी मात्र निकाल्न मिल्ने ठाउँ मा रहेछ आधी न मिल्ने, भोली पल्टै सिरियस केस
भनेर अपरेसन भयो, अपरेसन थिएटर लानु अघी म सकुसल निस्के भने नेपाल जाँदा रारा घुम्न जामला है भन्नु भो, मैंले हुन्छ हिम्मत न हार्नु सारा संसार देख्न बाकी छ भने,करिब २ घण्टा पछि operation सकियो, म भित्र जाँदा मेरो विवेक लाई जुन हालत मा चिचाई रहेको देखें त्यो म अहिले भन्न सक्दिन,tumor biopsy काे लागी पठाकाे छ, हर मिनेट हर सेकेण्ड तर्सिन्छौ हामी , भगवान ले सुन्नु भयो होला नि है अव त हाम्रो
पुकार 😞 आज सम्म कसैसँग सहयोग मागेको छैन तर आज म हजुर हरुसंग हात जोडेर सहयोग माग्छु 🙏 हजुरहरुले जे सक्नु हुन्छ जति सक्नु हुन्छ उहाँलाई बचाउनका निम्ति सहयोग गरिदिनु हाेला 🙏🙏 प्रार्थना गरिदिनु होला 🙏🙏
विदेश रहनु हुनेले सहयोग काे लागि gofund link हेरिदिनु होला
https://gofund.me/01ac15ed
नेपाल मा रहनु हुनेले सहयोग काे लागी
eSewa Id: 9822577706 | swaraj shahi thakuri
Khalti I’d : 9848046213 | yubraj subedi
Bank: Machhapuchchhre Bank
A/C holder name: Yubraj Subedi
A/C number: 0540092366700011
Branch: Salyan
Donate