आज बेलुकासम्म जसरी पनि गर्नुहोस् यस्ता कार्य: मिल्नेछ मनले चाहेको वरदान !

धार्मिक मान्यता अनुसार सूर्यलाई ग्रहहरूको राजा भनिन्छ। आइतबारको दिन सूर्यदेवको पूजा गर्ने विशेष दिन मानिन्छ। यस दिन सूर्यदेवको विधि–विधान अनुसार पूजा–आराधना गर्नाले आशीर्वाद प्राप्त हुन्छ। भनिन्छ, पृथ्वीमा सूर्य देवता मात्रै यस्तो देवता हुनाले उहाँले भक्तहरूलाई दैनिक दर्शन दिनुहुन्छ। सूर्यदेवलाई नियमित जल अर्पण गर्नाले सौभाग्य प्राप्त हुने मान्यता रहेको छ।

जुन व्यक्तिलाई सूर्यदेवको कृपा हुन्छ त्यो व्यक्ति रोगमुक्त रहन्छ र समाजमा इज्जत, धन र अन्न प्राप्त हुन्छ। ज्योतिष शास्त्र अनुसार आइतबारको दिन सूर्यदेवको कृपा प्राप्त गर्नका लागि केही सजिलो उपाय बताएको छ। सूर्यदेवको कृपाले मानिसको सबै मनोकामना पूरा हुने मान्यता छ। जान्नुहोस् सूर्यदेवलाई प्रसन्न पार्ने र आशीर्वाद प्राप्त गर्ने सजिलो उपाय।

सूर्यदेवको पूजाको लागि तामाको भाँडो र तामाको थालीको प्रयोग गर्नु शुभ मानिने शास्त्रमा उल्लेख छ। सूर्य देवलाई रातो चन्दन र रातो रंगको फूल चढाउनुपर्छ। थालीमा दियो र कलश राख्नुहोस्। कलशमा पानी, रोली, रातो चन्दनको धुलो र रातो फूल हालेर सूर्यदेवलाई अर्पण गर्नुहोस्। अर्घ्य दिँदा ॐ सूर्यदेवाय नमः जप गरिरहनुहोस्। दुवै हात पानी माथि उठाउनु पर्छ। यसपछि सूर्यदेवलाई नमन गर्नुहोस्।

प्रकाशित : आइतबार, फागुन ०७, २०७९१५:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आउँदो ७ दिन पैसाको थुप्रोमा सुत्छन् यी राशिका मानिस, हुनेछ एक पछि अर्को लाभ !