एजेन्सी- पछिल्लो समयमा बलिउड फिल्म पनि लगातार फ्लप भइरहेको अवस्थामा अहिले बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘पठान’ ले चौथो हप्तामा पनि राम्रो कमाई गरिरहेको छ। कार्तिक आर्यनको ‘शेहजादा’ र मार्वलको ‘एन्ट म्यान एन्ड द वास्प: क्वा:न्टुमानिया’ ले बक्स अफिसमा कडा टक्कर दिने अनुमान गरिएको थियो।
तर, पठानले अझै पनि दर्शकको माया पाइरहेको छ र ‘सेहजादा’ ले खासै राम्रो सङ्कलन गर्न सकेको छैन। फिल्मले शनिबार करिब ३.५ करोड कमाएको गरेको भारतीय सञ्चार माध्यमले बताएको छ। योसँगै फिल्मको कुल कमाइ ९८८ करोड पुगेको छ। फिल्मले छिट्टै विश्वभर १००० करोड कमाएर नयाँ रेकर्ड बनाउने अनुमान गरिएको छ।
भारतमा आइतबार बिदाको दिन हुने भएको हुँदा फिल्मले आइतबार बक्स अफिसमा अन्य दीन भन्दा बढी कमाइ गर्ने हुने अपेक्षा गरिएको छ, धेरै सिनेमाहलहरूमा टिकटको मूल्य घटाइएको छ। पठानले आफ्नो बक्स अफिसमा ६१२ करोडभन्दा बढी कमाई गरेको र पहिलो २४ दिनमा विश्वव्यापी ९८१ करोडभन्दा बढी कमाई गरेकोले बक्स अफिसको इतिहासमा नयाँ कीर्तिमान गरिसकेको छ। फिल्मले संयुक्त राज्य अमेरिका र क्यानडामा १६:३६ मिलियन भन्दा बढी कमायो, र यूके, फ्रान्स, जर्मनी र नेदरल्याण्ड सहित युरोपमा राम्रो प्रदर्शन गरिरहेको छ।
शाहरुख खान फिल्म पठान मार्फत ४ वर्षपछि ठूलो पर्दामा फर्किएका छन् । पठानको सफलताले बलिउडको लागि ठूलो राहत र आत्मविश्वास बढाएको छ, किनकि बलिउड क्षेत्रमा गत वर्ष देखि खासै राम्रो कमाइ गर्न सकेको छैन। फिल्म ‘पठान’ मा शाहरुख खानसँगै दीपिका पादुकोण र जोन अब्राहमको अभिनय रहेको छ।