आज शुक्रबारको दिन भुलेर पनि नगर्नुहोस् यस्ता कार्य, अन्यथा हुनसक्छ अनिष्ट !

शुक्रबार धनधान्यकी देवी लक्ष्मीको पूजा गर्ने गरिन्छ। त्यसैले यो दिन माता लक्ष्मीलाई प्रसन्न पार्न उत्तम मानिन्छ। यस दिनमा लक्ष्मीलाई प्रिय हुने काम गर्नुपर्छ। यसका साथै देवी लक्ष्मीलाई कष्ट दिने कुराबाट टाढा रहनुपर्छ। आउनुहोस् जानौं ती कामहरू जुन शुक्रबारको दिन गल्तिले पनि गर्न हुँदैन।

शुक्रबारको दिन नगर्नुहोस् यस्ता कार्य 

शुक्रबार कसैलाई उधारो नदिनुहोस् र नलिनुहोस्। शुक्रबार ऋणको लेनदेन गर्नाले देवी लक्ष्मी क्रोधित हुन्छिन्। यस बाहेक यस दिन उधारो दिएको पैसा फिर्ता नहुने र ऋण लिएको खण्डमा तिर्न निकै कठिन हुने विश्वास रहेको छ।

शुक्रबारको दिन गल्तीले पनि कुनै महिला र तेस्रोलिङ्गीको अपमान नगर्नुहोस्। यसो गर्दा तपाईंलाई ठूलो आर्थिक नोक्सान हुन सक्छ। कसैलाई कुनै दिन पनि अपमान नगर्नुहोस्।

शुक्रबार कसैलाई चिनी नदिनुहोस्। यसो गर्नाले कुण्डलीमा चन्द्रमा कमजोर हुन्छ, जसले मानसिक तनाव बढाउँछ। यसबाहेक शुक्र ग्रह पनि कमजोर हुने भएकाले जीवनमा कठिनाइ र दुःख आउने गर्छ।

शुक्रबार मांसाहारी खाना वा मदिरा सेवन नगर्नुहोस्। यदि तपाईं लक्ष्मी वा अन्य कुनै देवताको पूजा गर्नु हुन्न भने पनि शुक्रबारको दिन सेवन नगर्नुहोस्। खैर, देवताहरूको आशीर्वाद प्राप्त गर्न सधैं सात्विक भोजन खानुपर्छ र मादक पदार्थबाट टाढा रहनुपर्छ। अन्यथा शनि, राहु-केतुको प्रकोपको सामना गर्नु पर्नेछ।

प्रकाशित : शुक्रबार, फागुन ०५, २०७९११:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शुक्रबारको दिन यस राशिका मानिसले गर्नुहोस् मात्र यस्ता उपाय, छिट्टै प्रशन्न हुन्छिन् माता लक्ष्मी !