बाबुको काखमा बेसका बालक हुन् हजारौँ करोडका मालिक, बलिउड क्षेत्रमा गरेका छन् राज !

एजेन्सी- बलिउड अभिनेता अभिनेत्रीको बाल्यकालका तस्बिरहरु हरेक दिन सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । अहिले सामाजिक सञ्जालमा बलिउडका अभिनेताको बाल्यकालको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। तस्बिर देखेर अभिनेताका फ्यान निकै खुसी भएका छन्। अहिले भाइरल भएको तस्बिरमा एक बालकको बुबाले काखमा बसिरहेका छन् र उनकी दिदी नजिकै हाँस्दै छन्। बुबाको काखमा देखिएका सानो बच्चा अहिले बलिउडको सबैभन्दा महँगो स्टार भएका छन्।

तस्बिरमा देखिएका यी बालक अरु कोही नभएर शाहरुख खान हुन्। तस्बिरमा शाहरुखका पिता मीर ताज मोहम्मद खानले उनलाई काखमा लिएका छन्। शाहरुख आजको समयमा सुपरस्टार हुन तर उनले यो स्थानमा पुग्न जीवनमा धेरै संघर्ष देखेका छन्। शाहरुखले धेरै अन्तर्वार्तामा आफ्नो बाल्यकालमा आर्थिक अवस्था राम्रो नभएको बताएका छन्।

अहिलेको समयमा शाहरुख आज ६ हजार करोडका मालिक भएका छन्। विश्वभर शाहरुखको फ्यान फलोइङ निकै ठूलो छ। लोकप्रियताको विषयमा ,उनले यश, एनटीआर र रजनीकान्त जस्ता भारतको दक्षिणका धेरै ठूला स्टारहरूलाई पछाडि पारेका छन्।

शाहरुख खानको कार्य क्षेत्रको कुरा गर्दा हालसालै रिलिज भएको उनको फिल्म ‘पठान’ले बक्स अफिसमा हलचल मच्चाएको छ। भारतमा फिल्मले २२ दिनमै ५०० करोडको आँकडा पार गरेको छ भने विश्वभर फिल्मको कलेक्सन १००० करोड नाघेको छ। शाहरुख खान चाँडै फिल्म ‘जवान’ मा  देखिनेछन्।

प्रकाशित : बिहिबार, फागुन ०४, २०७९१६:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रातो कोटमा अभिनेत्री आँचलको नयाँ अवतार, तस्बिर सहित !