पछिल्लो समयमा अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा पुन सक्रिय हुन् थालेकी छिन्। केही समय यता अभिनेत्री सामाजिक सञ्जालमा जस्तै अभिनय क्षेत्रमा पनि सक्रिय हुन् थालेकी छिन्। केही समय पहिले अभिनेत्री प्रियंका अभिनीत फिल्म ‘ची मुसी ची’ प्रदर्शनमा आएको थियो। जसले खासै राम्रो प्रदर्शन गर्न सकेन।
अहिले भ्याले:न्टाइन्स डेको अवसरमा प्रियंकाको सासू रविनाले द्वारि:काज होटलमा प्रेमी स्टु:अर्ट एले:-क्जेन्डर च्यापम्यानसँग औँठी साटेकी छन्। रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी छन्। अभिनेत्री तथा रबिनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गरेर बधाई दिएकी छन्।
यसको साथै अभिनेत्री पछिल्लो समय सामाजिक सञ्जालहरुमा सक्रिय रुपमा देखिने गरेकी छिन्। अहिले सामाजिक सञ्जालहरूमा अभिनेत्रीले सार्वजनिक गरेका केही तस्बिर निकै भाइरल भएको छ। तस्बिरमा अभिनेत्री निकै बो:-ल्ड अवतारमा देखिएकी छिन्।
अभिनेत्रीको आगामी फिल्मको बारेमा भन्नु पर्दा फागुन ५ गते शुक्रबार अर्थात् भोलिबाट अभिनेत्री प्रियंका अभिनीत फिल्म ‘फूलबारी’ प्रदर्शनमा आउँदै छ।
यस फिल्मको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन्। फिल्म एक पारिवारिक कथा वस्तुमा निर्माण भएको छ। भने फिल्मले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ।
तस्बिर स्रोत: प्रियंका कार्की इन्स्टाग्राम