आज बिहीबार यस्ता उपायले चम्किनेछ गुमेको भाग्य, छिटै समाधान हुनेछ आर्थिक समस्या !

बिहीबार भगवान विष्णु, देव गुरु बृहस्पति र माता लक्ष्मीको नाममा समर्पित छ। यस दिन बृहस्पतिसँगै भगवान विष्णु र माता लक्ष्मीलाई प्रसन्न पार्न धेरै उपायहरू अपनाउने गरिन्छ। ज्योतिष शास्त्रका अनुसार बृहस्पति ग्रह बृहस्पति ग्रह व्यक्तिको कुण्डलीमा बलियो स्थानमा भएमा व्यक्तिको जीवनमा धेरै प्रगति हुन्छ।

बृहस्पति ग्रहको कृपाले सबै काममा सफलता मिल्नेछ। आर्थिक अवस्था बलियो बन्नेछ। यदि बृहस्पति ग्रह कमजोर स्थितिमा छ भने, व्यक्तिले आफ्नो काममा असफलताको सामना गर्नु पर्छ। आर्थिक संकटले घेरिन पर्ने हुन् सक्छ। यस्तो अवस्थामा ज्योतिष शास्त्रमा केही विशेष उपायहरु बताइएको छ, जसलाई अपनाएमा धन सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ।

यस वर्ष विजया एकादशी भोलि फागुन ४ गते बिहीबार परेको छ। एकादशी तिथि भगवान विष्णुको नाममा समर्पित छ। यस्तो अवस्थामा बिहीबार एकादशी परेकाले यस दिनको महत्त्व बढ्दै गएको छ।

बिहीबारको दिन पानीमा बेसार मिसाएर नुहाउँदा भगवान बृहस्पतिको आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको छ। यसका साथै बिहीबार केराको रुखको पूजा गर्नु फलदायी मानिन्छ।

बिहीबारको दिन भगवान सत्यनारायणको कथा सुन्नु शुभ मानिन्छ। यसका साथै पहेँलो रंगको लुगा लगाउनु शुभ मानिन्छ। बिहीबारको दिन ऋण दिनु र लिनु अशुभ मानिन्छ। यसो गर्नाले व्यक्तिको कुण्डलीमा बृहस्पतिको स्थिति बिग्रन सक्छ जसका कारण आर्थिक संकट झेल्नु पर्ने बताइन्छ।

बिहीबार ब्रह्म मुहूर्तमा स्नान गर्नुपर्छ। स्नान गरेपछि ‘ॐ बृहस्पते नमः’ जप गर्नाले धन सम्बन्धी उन्नति हुने मान्यता छ। यस दिन भगवान विष्णुको मूर्ति र तस्बिरको अगाडि घ्यूको दियो बाल्दा उहाँको आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको छ।

प्रकाशित : बिहिबार, फागुन ०४, २०७९१०:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पर्सी महाशिवरात्रिको दिन गर्नुहोस् यी उपाय, हरेक समस्याको हुनेछ अन्त्य !