यी राशिको हातमा पटक्कै टिक्दैन पैसा, करोडौं कमाएपछि चिप्लिन लाग्दैन समय !

हरेक व्यक्तिको चाहना हुन्छ कि उसको परिवारमा कुनै कुराको कमी नआओस् । यसका लागि मानिसले आफ्नो पूरा जीवन पैसा कमाउनमा खर्च गर्छ। ज्योतिष शास्त्रका अनुसार यस्ता केही राशि छन्, जुन राशिका मानिसले आफ्नो जीवनमा ठूलो उपलब्धि हासिल गर्छ । साथै, यी व्यक्तिहरूले धेरै पैसा कमाउँछन् र आफ्नो आम्दानीसँगै धेरै खर्च गर्छन्। जान्नुहोस् यी राशिका बारेमा….

वृष राशि

ज्योतिष शास्त्रका अनुसार धन आर्जनको मामिलामा पनि वृष राशिका मानिस निकै भाग्यमानी हुन्छन् । वृष राशिका मानिसहरु आफ्नो करियर प्रति भावुक हुन्छन् । ज्योतिषशास्त्रका अनुसार वृष राशिका व्यक्तिहरूले करियरको प्रारम्भिक चरणमा धेरै संघर्ष र परिश्रमको सामना गर्नुपर्ने हुन्छ तर जब पैसा कमाउने कुरा आउँछ भने उनीहरूलाई राम्रो सफलता मिल्छ। धनको कारक ग्रह शुक्रलाई वृष राशिको स्वामी मानिन्छ।

सिंह राशि

ज्योतिष शास्त्रका अनुसार सिंह राशिको स्वामी ग्रह सूर्य हो, त्यसैले सिंह राशिका मानिस धन आर्जनको हिसाबले पनि निकै भाग्यमानी हुन्छन् । यस राशिका महिलाहरुलाई सुन चाँदीका गहनाहरु निकै मन पर्छन् र उनीहरुको भाग्यले पनि यस मामिलामा साथ दिन्छ । यस राशिका मानिसलाई पैसाको कमी कहिल्यै हुँदैन । सिंह राशिका मानिसहरु किनमेल गर्न धेरै मन पराउँछन्। उनीहरु किनमेल गर्न यति धेरै मन पराउँछन् कि कहिलेकाहीँ उनीहरु आफ्नो बजेट भन्दा बाहिरका चीजहरू पनि किन्छन्।

वृश्चिक राशि

ज्योतिष शास्त्रका अनुसार वृश्चिक राशिका मानिसलाई कहिल्यै धनको कमी हुँदैन । उनीहरुले आफ्नो जीवनमा धेरै राम्रो ठाउँ पाउँछन्। यो राशिका मानिसहरु निकै राम्रो व्यवसायी हुन्छन् । योसँगै उनीहरुको जागिरमा पनि राम्रो स्थान छ । धार्मिक मान्यता अनुसार यस राशिका मानिसहरुको हातमा धेरै राजयोग हुने भएकाले करियरमा निरन्तर सफलता मिल्छ ।

कर्कट राशि


ज्योतिष शास्त्र अनुसार कर्कट राशिका मानिसहरुलाई माता लक्ष्मीको कृपा प्राप्त हुन्छ । कर्कट राशिका मानिसहरूले आफ्नो जीवनमा कहिल्यै आर्थिक संकटको सामना गर्नुपर्दैन। यो राशिका मानिसहरु आफ्नो पार्टनरसँग घुम्न रुचाउँछन् । यी मानिसहरू सधैं आफ्नो वरपर सुन्दर चीजहरू चाहन्छन्।

प्रकाशित : सोमबार, फागुन ०१, २०७९१२:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज सोमबारको दिन गर्नुहोस् यस्ता सरल उपाय, मिल्नेछ भोलेनाथको विशेष आशीर्वाद !