हरेक ग्रहले निश्चित समयमा आफ्नो राशि र नक्षत्र परिवर्तन गर्दछ। जसको प्रभाव सबै १२ राशिलाई पर्ने गर्दछ। त्यो प्रभाव शुभ-अशुभ दुवै हुने गर्दछ । राहुले फेब्रुअरी ९ तारिखमा भरणी नक्षत्रबाट अश्विनी नक्षत्रमा प्रवेश गरेको छ। अश्विनी नक्षत्रमा राहुको गोचरले धेरै राशिका लागि शुभ फल ल्याएको छ तर यस अवधिमा ३ राशि छन् जसलाई आर्थिक तथा व्यापारिक रुपमा प्रचुर लाभ मिल्नेछ।
मिथुन राशि
राहुको नक्षत्र परिवर्तन मिथुन राशिका व्यक्तिलाई शुभ साबित हुन सक्छ। यस समयमा आम्दानी बढ्न सक्छ। त्यस्तै यस समयमा धेरै माध्यमबाट पैसा कमाउन सफल हुनुहुनेछ। यसका साथै राजनीतिमा लागेकाले केही पद पाउन सक्छन्। साथै सरकारी ठेक्का वा प्रशासनिक क्षेत्रमा काम गर्नेले सफलता हात पार्न सक्छन्।
कर्कट राशि
राहु नक्षत्र परिवर्तन कर्कट राशिको लागि अनुकूल साबित हुन सक्छ। किनभने राहु ग्रह कर्कट राशिको दसौँ घरमा घुम्नेछ। तसर्थ, यस समयमा नयाँ काम प्रस्ताव प्राप्त गर्न सक्नुहुन्छ। यसका साथै ठुला व्यक्तिहरूसँग भेट हुन सक्छ। पितासँगको सम्बन्धमा मधुरता आउनेछ। यससँगै व्यवसायीले नाफा कमाउन सक्छन्। आकस्मिक लाभ हुन सक्छ। यसका साथै रोजगारीमा रहेका व्यक्तिको बढुवा र वृद्धि हुनसक्छ। अर्कोतर्फ सम्पत्तिको लेनदेनबाट लाभ हुन सक्छ।
कन्या राशि
नक्षत्र परिवर्तन कन्या राशिको लागि लाभदायक साबित हुन सक्छ। किनभने राहु ग्रह यस राशिको छैटौँ घरमा विराजमान हुनेछ। त्यसैले यस समयमा जमिन र घरको फाइदा लिन सकिन्छ। त्यस्तै अविवाहित छन् तिनीहरूसँग सम्बन्ध सुमधुर हुन सक्छ। पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। साथै विदेश जान चाहनेहरुको मनोकामना पुरा हुनसक्छ।