काठमाडौँ : धार्मिक मान्यता अनुसार बिहीबारको दिन भगवान बृहस्पति र भगवान विष्णुको पूजा गर्नाले जीवनमा सुख-समृद्धि आउने मान्यता रहेको छ। यस दिन भगवान विष्णुको पूजा–आराधना गरी साँचो मनले भगवान विष्णुको नाम जप गर्नाले व्यक्तिले सबै पापबाट मुक्ति प्राप्त गर्दछ। बिहीबार केराको रुखको पूजा गर्ने विशेष महत्त्व रहेको छ। तिथि अनुसार फाल्गुन महिना सुरु भएको छ। यस महिनामा भगवान शिव र श्रीकृष्णको पूजा–आराधनाको विशेष महत्त्व रहेको छ। भगवान श्रीकृष्ण श्री विष्णुको अवतार हो। यस्तो अवस्थामा यदि महिनाभर विधिपूर्वक विष्णु सहस्त्रनामको पाठ गरियो भने श्रीहरिको कृपाले सबै संकटबाट मुक्ति मिल्छ।
बिहीबार भगवान् विष्णुको आराधनासँगै विष्णु सहस्त्रनामको पाठ गरेमा व्यक्तिको घरमा सुख, समृद्धि र ऐश्वर्यको वृद्धि हुने धार्मिक विश्वास छ। ज्योतिष शास्त्रका अनुसार कुण्डलीमा बृहस्पतिको अशुभ प्रभाव कम गर्न विष्णु सहस्त्रनामको पाठ गर्नु अत्यन्त शुभ र फलदायी मानिएको छ।
विष्णु सहस्त्रनाममा श्रीहरिको १००० नामहरू वर्णन गरिएको छ। यस पाठ गर्नाले व्यक्तिको भौतिक इच्छा पूरा हुन्छ र व्यक्तिको बिग्रिएको काम बन्न थाल्दछ। विष्णु सहस्त्रनामको नियमित पाठ मात्र सुन्दा मनको भय हट्ने विश्वास छ, र व्यक्तिलाई लक्ष्य प्राप्त गर्न मद्दत गर्दछ।
भनिन्छ कि दैनिक विष्णु सहस्त्रनामको पाठ गर्नाले व्यक्तिको आत्म-विश्वास पनि बढ्छ। मन एकाग्र रहन्छ र तनाव कम हुन्छ। ज्योतिष शास्त्रका अनुसार यसको नियमित पाठ गर्नाले घरमा सौभाग्यको वास हुन्छ र सुख–शान्ति आउँछ। व्यक्तिको आर्थिक अवस्था राम्रो हुन्छ।
ज्योतिष शास्त्र अनुसार बिहीबार स्नान गरी भगवान विष्णु र माता लक्ष्मीको आराधना गर्नुहोस्। त्यसपछि मात्र पाठ सुरु गर्नुहोस्। कुनै विशेष मनोकामना पूरा गर्न नुहाएपछि पहेँलो रंगको कपडा लगाउनुस्। पूजा स्थलमा पानीले भरिएको कलश राख्नुहोस्। ध्यान राख्नुहोस् कि जलको कलश बिना यो पाठ अधुरो मानिन्छ।
आँपको पात र नरिवल पानीले भरिएको कलशमा राखेर मात्र पाठ सुरु गर्नुहोस्। पाठ समाप्त भएपछि भगवान विष्णुलाई पहेँलो वस्तु चढाउनुहोस्। र त्यसपछि आफूले पनि ग्रहण गर्नुहोस्।