बुध गोचर : भोलिबाट यी ५ राशिका धनमा हुनेछ वृद्धि, गोचर कालमा मिल्नेछ शुभ खबर

काठमाडौँ : – ग्रहहरुका स्थितिका आधारमा फेब्रुअरी महिना निकै शुभ मानिन्छ। यो महिना बुध, शुक्र र सूर्यको राशि परिवर्तन हुनेछ। बुधको राशि परिवर्तन माघ २४ गते मङ्गलबार हुनेछ। बुध मकर राशिमा प्रवेश गर्नेछ। सूर्य यस राशिमा माघ १ गतेदेखि नै विराजमान छ। जसकारण मकर राशिमा बुध र सूर्यको योग बन्नेछ। ज्योतिषशास्त्रका अनुसार सूर्य र बुध एउटै राशिमा विराजमान हुँदा बुधादित्य योगको निर्माण हुन्छ। यो योगलाई शास्त्रमा अत्यन्तै शुभ मानिन्छ। बुधको राशि परिवर्तन धेरै राशिहरुका लागि लाभदायी साबित हुनेछ। बुधादित्य योगबाट कुन-कुन राशिका भाग्य चम्किन्छ त ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मकर राशिमा सूर्य र बुधको संयोगबाट बनेको बुधादित्य योग मेष राशिका व्यक्तिहरुका लागि धेरै शुभ मानिन्छ। रोजगारीको खोजीमा रहेका जातकले सुखद् समाचार प्राप्त गर्नेछन्। बढुवासँगै तलबवृद्दिको योग देखिन्छ। कार्यस्थलमा नयाँ जिम्मेवारी मिल्ने सम्भावना छ। व्यापारी तथा व्यवसायीका लागि समय अनुकूल रहेको छ। जग्गा, घर तथा सवारी साधन खरिद गर्न सकिनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

बुधको राशि परिवर्तन कर्कट राशिका लागि धेरै लाभदायक हुनेछ। धन-लाभ हुनेछ। मान सम्मान बढ्नेछ। काममा सफलता मिल्नेछ। नयाँ कामको थालनी गर्न चाहनुहुन्छ भने यो समय निकै राम्रो रहनेछ। शत्रुहरूमाथि विजय प्राप्त हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सूर्य र बुधको मिलनबाट बनेको बुधादित्य योग सिंह राशिका व्यक्तिहरुका लागि लाभकारी सिद्ध हुनेछ। मकर राशिमा सूर्य र बुधको संयोजन लाभदायी साबित हुनेछ। मान सम्मान बढ्नेछ। कुनै काममा सफलता प्राप्त गर्ने प्रयास गरिरहनुभएको छ भने शुभ समाचार प्राप्त हुन सक्छ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मकर राशिमा बन्ने बुधादित्य योग तुला राशिका लागि कुनै वरदानभन्दा कम हुनेछैन्। गोचर कालमा कुनै शुभ समाचार प्राप्त गर्नुहुनेछ। व्यापारीहरुलाई मुनाफाको योग छ। पैतृक सम्पत्ति पाउन सकिनेछ। पिताको सहयोग मिल्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

बुधको राशि परिवर्तन मीन राशिका लागि राम्रो साबित हुनेछ। नोकरीमा बढुवाको योग देखिन्छ। आयमा वृद्धि हुनेछ। काममा सोचेकै ठाउँमा सरुवा पाउनुहुनेछ। लामो समयदेखि रोकिएका काम समयमै पूरा हुनेछन्। शुभ समाचार प्राप्त हुनेछ।

प्रकाशित : सोमबार, माघ २३, २०७९१५:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केही दिनमा केतु र चन्द्रको युति हुँदै, बन्दैछ अशुभ ‘ग्रहण योग’, यी राशि रहनुहोस् सावधान !