फाल्गुन कृष्ण पक्ष चतुर्दशीका दिन महाशिवरात्रि पर्व मनाइन्छ। यो पर्व भगवान शिवलाई समर्पित छ। यस शुभ दिनमा भगवान शिव र माता पार्वतीको विवाह बन्धनमा बाँधिएको जनविश्वास छ। यस दिन भगवान शिव र माता पार्वतीको पूजा–आराधना गर्नाले सबै समस्या हटेर भक्तजनको सुख, समृद्धि प्राप्त हुन्छ। यो वर्ष महाशिवरात्रि फागुन ६ गते मनाइँदैछ।
हिन्दु पात्रो अनुसार यस पटक महाशिवरात्रिमा धेरै शुभ योग बन्ने भएका छन्। यस्तो अवस्थामा धार्मिक अनुष्ठानको फल यस दिन धेरै गुणा बढी मिल्छ। भगवान शिवलाई प्रसन्न पार्न र उहाँको आशीर्वाद प्राप्त गर्नका लागि शास्त्रहरूमा धेरै मन्त्रहरू उल्लेख गरिएको छ। यी मन्त्रहरूको सही उच्चारणले व्यक्तिलाई विशेष लाभ मिल्छ। यति मात्र होइन, शिवरात्रिको दिन पञ्चाक्षर स्तोत्रको पाठ गर्नाले निकै लाभदायक हुने बताइएको छ।
शिव पञ्चाक्षर स्तोत्रम्
नागेन्द्रहाराय त्रिलोचनाय भस्माङ्गरागाय महेश्वराय।
नित्याय शुद्धाय दिगम्बराय तस्मै नकाराय नम:शिवाय।।
मंदाकिनीसलिलचन्दनचर्चिताय नन्दीश्वरप्रमथनाथ महेश्वराय।
मण्दारपुष्पबहुपुष्पसुपूजिताय तस्मै मकाराय नम:शिवाय।।
शिवाय गौरीवदनाब्जवृन्दसूर्याय दक्षाध्वरनाशकाय।
श्रीनीलकण्ठाय बृषध्वजाय तस्मै शिकाराय नम:शिवाय।।
वसिष्ठकुम्भोद्भवगौतमार्यमुनीन्द्रदेवार्चितशेखराय।
चन्द्रार्कवैश्वानरलोचनाय तस्मै वकाराय नम:शिवाय।।
यक्षस्वरूपाय जटाधराय पिनाकहस्ताय सनातनाय।
दिव्याय देवाय दिगम्बराय तस्मै यकाराय नम:शिवाय।।
पञ्चाक्षरिमदं पुण्यं य: पठेच्छिवसन्निधौ।
शिवलोकमवाप्नोति शिवेन सह मोदते।।
शिव पञ्चाक्षर स्तोत्रको लाभ
प्रत्येक सोमबार, प्रदोष व्रत र शिवरात्रीको दिन शिव पंचाक्षर स्तोत्रको पाठ गर्ने व्यक्तिको जीवनमा धन, स्वास्थ्य, सुख र समृद्धि प्राप्त हुने धार्मिक ग्रन्थमा उल्लेख छ। यस स्रोतको पाठ गर्नाले कुण्डलीमा हुने कालसर्प दोषको अशुभ प्रभावलाई कम गर्ने विश्वास गरिन्छ।