चाणक्य नीति: जीवनमा धोका पाउन चाहनु हुन्न भने पालना गर्नुहोस् यी चीज, पाइला-पाइलामा मिल्नेछ सफलता !

आचार्य चाणक्य एक प्रसिद्ध विद्वान र कूटनीतिज्ञ हुन्? चाणक्यले मानव जीवनको बारेमा धेरै कुरा बताएका छन्। चाणक्यको भनाइ मध्ये केही सफलता र धोका बारे छन्। सफलताको शिखरमा पुग्ने सबैभन्दा ठुलो बाधक धोका हो। यस्तो अवस्थामा यदि केही कुराहरू लागू गरियो भने जीवनमा कहिल्यै धोका हुँदैन र सफल भइन्छ।

वाणी र सङ्गत

मानिसले सधैँ आफ्नो बोली नियन्त्रण गर्नुपर्छ। बोली यस्तो चिज हो, जसले मान्छेलाई आकाश देखि जमिनसम्म लैजान सक्छ र खाडलमा पनि हाल्न सक्छ। यस्तो अवस्थामा सधैँ नम्र बोलीको प्रयोग गर्नुपर्छ। यसका साथै सधैँ सज्जनहरूको सङ्गत राख्नुपर्छ। यसले व्यक्तिको व्यक्तित्व निखार्छ र गलत बाटोमा जानबाट बचाउँछ।

मिहिनेत

धेरै मानिसहरू आफ्नो जीवन किस्मत वा भाग्यको भरोसामा छोड्छन् र कडा परिश्रम छोड्छन्। आचार्य चाणक्यका अनुसार यस्तो गर्नु एकदमै गलत हो। कडा परिश्रम नगर्ने र भाग्य भरोसामा त्यस्ता व्यक्तिहरू जीवनमा सधैँ असफल हुन्छन्। यस्तो अवस्थामा भाग्यको साथसाथै मेहनत पनि गर्नुपर्छ।

परिवार

आचार्य चाणक्यको नीति अनुसार जो व्यक्ति आफ्नो कमाइमा सन्तुष्ट हुन्छ, उसलाई सफल हुनबाट कसैले रोक्न सक्दैन। यसका साथ-साथै परिवारमा आज्ञाकारी पत्नी र इज्जत गर्ने पति तथा सन्तान भए त्यस्ता व्यक्तिको जीवन स्वर्गजस्तै हुन्छ।

प्रकाशित : सोमबार, माघ २३, २०७९१२:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

होलीको ठिक दुई दिन पहिले शनि देव उदय हुँदै, यी राशिको सुरु हुनेछ शुभ दिन….