हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन-कुन राशिलाई शुभ हुनेछ ?
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
साताका सुरुको दिन स्वास्थ्यका लागि त्यति राम्रो छैन। सोमबारदेखि मात्रै सुधार आउनेछ। पढाइतिर विशेष ध्यान जानेछ भने व्यावसायिक काममा लगनशीलता बढ्नेछ। माया गर्ने र मद्दत गर्नेहरूको सङ्ख्या बढ्दै छ। खर्च नघटे पनि खास ठूलो आर्थिक समस्या पर्ने छैन।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
सातालाई राम्रै रूपमा लिन सकिन्छ। सुरुकै दिनमा भोजभतेर प्रशस्त पर्नेछन्। मित्रसँग भेटघाट होला तर खास उपलब्धि भने हुने छैन। व्यापार, व्यवसायमा सानोतिनो विवाद भई नै रहला। गोडामा कष्ट हुनसक्छ। नित्य पीपलमा जल हाल्न सुरु गर्नुहोस्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
साताका अधिकांश दिन राम्रा खालका छन्। केही नयाँ मित्र थपिनुका साथै तिनीहरूबाट केही मद्दत पाउनुहुनेछ। बौद्धिक स्थिति भने अझैँ पनि सप्रिएको छैन। त्यसैले मुखबाट वाणी निकाल्दा सतर्क हुनुहोस्। पढाइ सपार्नको निमित्त सरस्वतीको आराधना गरिरहनुहोस्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
साता राम्रो खालको छ। पुराना बाँकी रहेका काम बन्नेछन्। पढाइमा बढी ध्यान जान थाल्ला। गरेको काम भने विलम्ब भएर मात्रै बन्नेछ। शनिको आराधना गरिरहनु आवश्यक छ। मित्रबाट मध्यम सहयोग मात्रै मिल्ला। प्राविधिक खाले काममा विशेष सफलता छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
यो सातालाई राम्रो रूपमा लिन सकिन्छ। पुराना बाँकी रहेका धेरै काम बन्नेछन्। मित्र असल खालका छन् भने मद्दत नै दिनेछन्। शिक्षाको क्षेत्रमा आएको विलम्ब हट्न जाला भने नयाँ खालको रचना गर्ने जमर्को बढ्ला। जागिरमा मध्यम स्थिति छ।