चाणक्य नीति: यी ४ कामपछि नुहाउन कहिल्यै नभुल्नुहोस्, अन्यथा आउनेछ दुर्भाग्य !

जानेर होस् या अन्जानमा मानिसले प्रायः विभिन्न गल्ती गरिरहेको हुन्छ। आस्थामा विश्वास गर्ने दिग्गजहरूले मानिसहरूले केही यस्ता बनी छन् जसबाट टाढा रहन र केही राम्रा बानीहरू अपनाउन आग्रह गरेका छन्। आचार्य चाणक्यले आफ्नो चाणक्य नीतिमा यस्ता धेरै कुराहरू उल्लेख गरेका छन्, जसको पालना गरेमा मानिस सफलताको शिखरमा पुग्न सक्छ।

अर्थशास्त्र, कूटनीति र राजनीतिको क्षेत्रमा आचार्य चाणक्यको भनेको निकै पालना हुने गर्दछ। अनगिन्ती मानिसहरूले आफ्नो जीवनमा चाणक्य नीति अनुसरण गर्ने गर्छन्। आचार्यले चाणक्य नीतिमा यस्ता कामको बारेमा उल्लेख गरेका छन्, जसको पछि स्नान गर्नु अति आवश्यक छ। यदि यो गरिएन भने, दुर्भाग्यले कहिल्यै नछोड्ने मान्यता रहेको छ। जान्नुहोस् ती के-के हुन्?

शरीरमा तेलले मसाज गर्न प्रायः सबैलाई मनपर्छ। शरीरको थकान र लामो यात्रापछि मानिसहरु शरीरमा तेलले मालिस गर्न रुचाउँछन् र यसले आराम पनि दिन्छ। आचार्य चाणक्यले चाणक्य नीतिमा तेल मालिस गरेपछि नुहाउन नै पर्ने बताएका छन्। किनभने तेल मालिस गरेपछि शरीरको छिद्रबाट पसिना निस्कन्छ र यसले रक्तसञ्चार बढाउँछ। यस्तो अवस्थामा नुहाउँदा शरीरको तापक्रम र रक्तसञ्चार दुवै आवश्यकता अनुसार रहन्छ। त्यसैले तेलले मालिस गरेपछि नुहाउनु पर्दछ।

हिन्दू धर्ममा मृ-त्युपछि श-वको अन्तिम संस्कार नदीको किनारमा वा घाटमा गरिन्छ। यस्तो अवस्थामा श-वयात्रामा ठूलो संख्यामा मानिसहरुको सहभागिता हुन्छ र श-व पञ्च तत्त्वमा विलीन भइसकेपछि घर फर्कने वा नदीमा नै नुहाउने चलन छ। मृ-त्युपछि श-वको वरिपरि सबै किसिमका कीटाणुहरू उत्पादन हुने भएकाले श-वयात्रामा सहभागी हुनेहरूको शरीर र कपडामा टाँसिन्छ। यसले स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ। त्यसैले मलामी गएर आएपछि घरबाहिर लुगा फुकालेर नुहाएर मात्रै घरभित्र पस्ने पर्दछ।

चाणक्य नीतिमा भनिएको छ की शारीरिक सम्बन्ध राखेपछि नुहाउनु अति आवश्यक हुन्छ। जब कुनै पुरुष वा महिलाले शारीरिक सम्बन्ध राख्छन् तब शरीर अपवित्र हुन्छ। त्यसैले शारीरिक सम्बन्धपछि नुहाउनु पर्छ। स्वस्थ शरीरका लागि शरीर सफा हुनु आवश्यक छ। शारीरिक सम्बन्धपछि पनि संक्रमण शरीरमा फैलिन सक्छ, जसका लागि नुहाउनु धेरै महत्त्वपूर्ण छ।

चाणक्य नीतिमा आचार्य चाणक्यले कपाल काटिसकेपछि नुहाउन आवश्यक रहेको बताएका छन्। कपाल काटिसकेपछि साना कपाल शरीरमा टाँसिन्छ। भूलवश यो कपालको मुख भित्र गयो भने स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ। यति मात्र होइन, खतरनाक संक्रमण पनि शरीरभित्र फैलिन सक्छ।

प्रकाशित : आइतबार, माघ २२, २०७९१५:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आउँदो ७ दिन मोज नै मोज गर्नेछन् यी ५ राशिका मानिस, हुनेछ अनेक धन लाभ !