चाणक्य नीति: यस्ता श्रीमती पाउने पति हुन्छन् अत्यन्त भाग्यशाली !

आचार्य चाणक्यले आफ्नो नीति शास्त्रमा दार्शनिक र कूटनीतिज्ञका साथै व्यावहारिक ज्ञानका बारेमा बताएका छन्। चाणक्यका कुराहरू व्यक्तिगत जीवनमा धेरै उपयोगी मानिन्छ। यदि पति पत्नीले चाणक्य नीतिमा उल्लेखित सिद्धान्तको पालना गरे भने घर स्वर्ग जस्तै बन्ने मान्यता रहेको छ। त्यसैले दाम्पत्य जीवनलाई सफल र सुखी बनाउन चाणक्य नीतिका केही कुराहरू अवलम्बन गर्नुपर्छ।

साथै चाणक्य नीतिमा असल नारी वा पत्नीका गुणका बारेमा पनि उल्लेख गरिएको छ। जुन महिलामा यी गुण हुन्छन्, उनको पति निकै भाग्यमानी हुन्छन् । जानौँ कस्ता पत्नीले पतिको भाग्य उज्यालो र घरलाई स्वर्ग बनाउँछिन्।

शान्त स्वभाव र स्वच्छ मन 

मन सफा हुने महिलाले सधैँ सम्पूर्ण परिवारको बारेमा सोच्ने गर्छिन्, यस्तो पत्नीको संगतले पतिको भाग्य उज्यालो हुन्छ। यस्तो घरमा सधैँ सुख शान्ति रहन्छ। साथै शान्त स्वभावकी पत्नीको संगतले कठिन समयलाई सजिलै पार गर्न मद्दत गर्दछ । सधैँ चिच्याउने र झगडा गर्ने श्रीमतीले घरलाई नरक बनाउँछ।

सहिष्णु पत्नी 

धैर्य र सहिष्णुता भएकी पत्नी सम्पूर्ण परिवारको लागि उपहार जस्तै हो। यस्तो महिलाले कठिन समयमा पनि धैर्यतापूर्वक काम गर्छिन् र सम्पूर्ण परिवारलाई एकताबद्ध राख्छिन्।

सन्तुष्ट महिला 

लोभी महिलाले घरपरिवारको इज्जतमा हानि गर्छन् र घरमा झगडाको वातावरण बनाउँछ। अर्कोतर्फ सन्तुष्ट नारी स-साना कुरामा पनि सधैँ खुसी रहन्छिन् र आफ्नै बलमा कठिन समयमा पनि परिवारलाई साथमा राख्छिन्।

शिक्षित र सुसंस्कृत श्रीमती 

महिला शिक्षित र संस्कारी हुनु अति आवश्यक छ, तब मात्र आउने पुस्ता पनि संस्कारी बन्छ। यस्तो महिलाले परिवारको इज्जत बढाउँछ। यस्तो पत्नीको संगतले पतिको उन्नति र सम्मान ल्याउँछ।

प्रकाशित : आइतबार, माघ २२, २०७९१४:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चाणक्य नीति: यी ४ कामपछि नुहाउन कहिल्यै नभुल्नुहोस्, अन्यथा आउनेछ दुर्भाग्य !