माघ पूर्णिमामा भूलवश पनि नगर्नुस् यी ५ काम : माता लक्ष्मी हुनेछिन् क्रोधित, बढ्नेछ दुर्भाग्य र मिल्नेछ असफलता

काठमाडौँ : आइतबार माघ पूर्णिमाको दिन आफ्नो भाग्य र आर्थिक पक्ष मजबूत पार्ने अवसर छ। माघ २२ गते माघ शुक्ल पूर्णिमामा स्नान र दान अवश्य गर्नुपर्छ। यसपटक माघ पूर्णिमामा रवि पुष्य योग र सर्वार्थ सिद्धि योगसमेत चार शुभ योग बनिरहेको छ। यस दिन पूजापाठ, मन्त्रजप, दान, स्नान गर्नाले पुण्य लाभ हुनेछ र देवी-देवताको आशिर्वाद प्राप्त हुन्छ।

ज्योतिषाचार्यका अनुसार माता लक्ष्मी र चन्द्रमाको कृपाले भाग्य प्रबल हुनेछ र साथै धन-लाभ हुनेछ। कार्यमा सफलता मिल्नेछ। माता लक्ष्मीका आठ स्वरुप हुन्छन्, जसलाई अष्टलक्ष्मी भनिन्छ। जुन व्यक्तिमाथि अष्टलक्ष्मीको कृपा हुन्छ, तिनको उन्नति-प्रगतिलाई कसैलाई रोक्न सक्दैन्। तर यदि माता लक्ष्मी क्रोधित भईन् भने व्यक्तिको धन, वैभव, समृद्धि सबैथोक शून्य हुन्छ। माघ पूर्णिमाको दिन केही नयाँ कार्यको थालनी नगर्नुहोस्। यदि तपाईले भूलवश पनि माता लक्ष्मीलाई क्रोधित बनाउनुभयो भने तपाईको लागि सङ्कट पैदा हुन् सक्छ।

माघ पूर्णिमामा के गर्नु हुँदैन् ?

१. माघ पूर्णिमाको दिन अबेरसम्म सुत्नुहुँदैन्। प्रात:कालमा उठेर स्नान गर्नुहोस् र भगवान विष्णुको ध्यान गरी दक्षिणा दान दिनुहोस्। सूर्योदयपछि अबेरसम्म सुत्दा दुर्भाग्य बढ्छ।

२. माघ पूर्णिमामा स्नान नगर्नु भनेको भगवान विष्णु र माता लक्ष्मीलाई आफूबाट टाढा राख्नु हो। सकेसम्म गङ्गा या तीर्थ स्नान या नसके घर नजिकैको खोला-नदीमा स्नान गर्न सक्नुहुन्छ।

३. माता लक्ष्मीलाई जति प्रसन्न पार्न आवश्यक छ भगवान् विष्णुलाई पनि उत्तिकै प्रसन्न पार्नुपर्छ। माघ पूर्णिमामा आफ्नो कुनै पनि कार्यद्वारा भगवान विष्णु वा उहाँसँग सम्बन्धित वस्तुहरूको अपमान नगर्नुहोस्। यसो गर्नाले लक्ष्मीको पनि कृपा मिल्दैन।

४. माघ पूर्णिमाको दिन केराको बोट, तुलसीको बोट, अमलाको बोट, पीपल, पारिजात फूल आदिलाई कुनै पनि प्रकारले हानि नपुर्याउनुहोस्। यी सबै बिरुवाहरु विष्णु र माता लक्ष्मीसँग सम्बन्धित छन्।

५. माघ पूर्णिमा या अन्य कुनै पनि दिन गाईको अपमान नगर्नुहोस्। गाईलाई लक्ष्मीको रूप मानिन्छ, यसमा सबै देवी-देवताको वास हुन्छ। यस गाई वा गोरुको सेवा गर्नाले पुण्य प्राप्त हुन्छ।

६. तामसिक खाना जस्तै मासु, लसुन, प्याज आदिको उपभोग नगर्नुहोस्।

प्रकाशित : शनिबार, माघ २१, २०७९१५:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अत्यन्तै दुर्लभ संयोगमा मनाइनेछ यो वर्षको महाशिवरात्रि, यी ८ राशिका लागि छ अत्यन्तै शुभ