फाल्गुन २१ गतेसम्म कष्टदायी रहनेछ यी ५ राशिका दिन, शनिको अशुभ प्रभावले पार्नेछ बैचेन

काठमाडौँ : – ज्योतिषशास्त्रमा शनिदेवको विशेष स्थान छ। शनिदेवलाई पापी र क्रूर ग्रह मानिन्छ। शनि अशुभ हुँदा व्यक्तिले धेरै खाले समस्याको सामना गर्नुपर्नेछ। यतिबेला शनि अस्त छ। शनि अस्त हुँदा शनिको साढेसाती र ढैय्याको प्रभाव रहेका राशिहरुले विशेष ध्यान दिनु आवश्यक छ। शनिदेव फाल्गुन २१ गते(५ मार्च) आइतबारसम्म अस्त रहनेछ। आउनुहोस्, जानौँ फाल्गुन २१ गतेसम्म कुन-कुन राशिका व्यक्तिहरुले सावधानी अपनाउनु आवश्यक छ त।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

मन अशान्त रहनेछ। आत्म-नियन्त्रित हुनुहोस्। अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। कुराकानीको क्रममा संयमता अपनाउनुहोस्। आमाको स्वास्थ्यमा सुधार होला तर व्यापारमा सजग रहनु होला। कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ। काममा कुनै अतिरिक्त जिम्मेवारी पाउन सकिन्छ। मिहिनेत बढी हुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

मन खिन्न रहनेछ। धैर्यताको कमी हुनेछ। काममा कठिनाइ आउन सक्छ। कार्यस्थलमा कडा परिश्रम गर्नुपर्नेछ, तर मनले चाहेको परिणाम प्राप्त हुनेछैन। स्वास्थ्यमा सुधार आउनेछ तर काममा वरिष्ठ अधिकारीसँग अनावश्यक बहस नगर्नुहोस्। कुराकानीमा सन्तुलन कायम राख्नुहोस्। जीवन अस्तव्यस्त हुन सक्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मन अशान्त रहनेछ। आत्म-नियन्त्रित हुनुहोस्। अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। क्रोधमा वृद्धि हुन् सक्छ। मिठा खानेकुरामा रुचि बढ्न सक्छ। काममा कठिनाइ आउन सक्छ। शैक्षिक कार्यमा ध्यान दिनुहोला। बाधा-व्यवधान आउन सक्छ। बुवाको स्वास्थ्यको ख्याल गर्नुहोला।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

मन खिन्न रहनेछ। मनमा नकारात्मकताको बहाव आउन सक्छ। जीवन कष्टदायी हुन सक्छ। जागिरमा वरिष्ठ अधिकारीहरूसँग अनावश्यक बहस नगर्नुहोस्। बुवाको स्वास्थ्यको ख्याल गर्नुहोस्। व्यापार-व्यवसायमा थप मिहिनेत गर्नुपर्नेछ। साथीसँग वादविवादको स्थितिबाट बच्नुहोला। काममा कुनै अतिरिक्त जिम्मेवारी पाउन सकिन्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मन विचलित हुनेछ। संयम रहनुहोस्। मनलाई शान्त राख्ने प्रयास गर्नुहोस्। बोलीमा कठोरताको प्रभाव बढ्न सक्छ। कुराकानीमा सन्तुलन कायम राख्नुहोस्। सन्तानको स्वास्थ्यमा सुधार आउनेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ तर परिवारमा अनावश्यक झगडाबाट बच्नुहोला। आमाको स्वास्थ्यको ख्याल गर्नु होला।

प्रकाशित : शनिबार, माघ २१, २०७९१२:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि माघ शुक्ल पूर्णिमाको दिन यी ४ राशिमाथि रहनेछ माता लक्ष्मीको कृपादृष्टि, चौतर्फी हुनेछ महालाभ