एजेन्सी : – बलिउडमा यस्ता केही स्टार छन्, जो पर्दामा मिल्ने साथीको भूमिकामा देखिएका छन् र वास्तविक जीवनमा पनि एक-अर्कालाई राम्रो साथी मान्छन्। त्यसैगरी केही स्टार पनि छन् जो बाल्यकाल देखि साथी थिए। ‘जिन्दगी ना मिलेगी दोबारा’ मा असल मित्र बनेका फरहान अख्तर (Farhan Akhtar) र ऋतिक रोशन (Hrithik Roshan) पनि बच्चै देखिको साथी हुन्। दुवैजना बाल्यकालदेखिको नै मिल्ने साथी हुन्। यति मात्र होइन, ‘धूम’ मा ऋतिकसँग देखिएका उदय चोपडा बलिउडका ग्रीक गडको जिग्री हुन्। फरहान, ऋतिक र उदयको बाल्यकालदेखि नै जिग्री साथी हुन्।

यो उदय चोपडा, ऋतिक रोशन र फरहान अख्तरको बाल्यकालको तस्विर हो, जसमा उनीहरु सँगै बसेर रमाइलो गरिरहेको देख्न सकिन्छ। यो तस्बिरमा पनि उनीहरुको मित्रता प्रष्ट देखिन्छ। तर बलिउडमा प्रवेश गरेसँगै अहिले यी तीनका करियर अलग-अलग बाटोमा छ। तीमध्ये एक बलिउडको सुपरस्टार बने, एक बहु-प्रतिभाशाली स्टार बने र एक फ्लप साबित भए र लामो समयदेखि पर्दाबाट गायब छन्।

ऋतिक रोशनले ‘कहो ना प्यार है’ बाट बलिउडमा डेब्यू गरेका थिए र अहिले करोडौंको मनमा राज गरिरहेका छन्। उनले विगतमा धेरै सुपर डुपर हिट फिल्म दिएका छन्। योसँगै जावेद अख्तरका छोरा फरहान अख्तर पनि बलिउडमा स्थापित छन्। पछिल्लो समय फरहान आफ्नी प्रेमिका शिबानी दान्डेकरसँगको विवाहलाई लिएर खुब चर्चामा छन्। लामो समय एकअर्कासँग सम्बन्धमा रहेपछि दुवैले विवाह गरेका हुन्। फरहानको यो दोस्रो विवाह हो।

त्यस्तै दिवंगत बलिउड निर्देशक तथा निर्माता यश चोपडाका छोरा उदय चोपडा अहिले सिल्भर स्क्रिन र लाइमलाइटबाट पूर्णतया टाढा छन्। उदयले यशराज ब्यानरमा बनेको मल्टिस्टारर फिल्म ‘मोहब्बतें’ बाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए। सन् २००० मा रिलिज भएको यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए। तर त्यसपछि उनले फिल्ममा खासै कमाल देखाउन सकेनन्।

