धार्मिक मान्यता अनुसार कुबेरलाई धनको देवता मानिएको छ। साथै कुबेरलाई भगवान शिवको परम भक्त र नौ निधिको देवता पनि भनिन्छ। पौराणिक कथा अनुसार कुबेर महाराजलाई स्थायी धनको स्वामी मानिन्छ । धनलाई स्थिर राख्ने काम भगवान कुबेरले गर्ने धार्मिक मान्यता रहेको छ। भने देवी लक्ष्मीले धनलाई चलायमान गर्ने काम गर्नुहुन्छ।
त्यसैले भगवान कुबेरको पूजा गर्ने व्यक्तिलाई जीवनमा कहिल्यै धनको कमी हुँदैन। त्यस्तै यस्ता व्यक्तिले सबै भौतिक सुखहरू प्राप्त गर्दछ। तसर्थ, यदि तपाईं आर्थिक रूपमा कमजोर हुनुहुन्छ र धेरै प्रयास गरेर पनि धन बचत गर्न सक्नु भएको छैन भने तपाईंले बुधबार कुबेर यंत्र स्थापना गर्नुहोस् र दैनिक कुबेर चालिसाको पाठ गर्नुहोस्। यसो गर्दा बिस्तारै आर्थिक स्थितिमा सुधार आउन थाल्छ ।
पूजा विधि
बुधवार आफ्नो कार्यस्थल वा घरको पूजा स्थलमा कुबेर यंत्रको स्थापना गर्नुहोस्। सबैभन्दा पहिले गंगाजल र काँचो गाईको दूधले यन्त्र सफा गर्नुहोस्। त्यसपछि यन्त्रको अगाडि घ्यूको दियो र धूप बाल्नुहोस्। यसपछि कुबेर चालिसाको पाठ गर्नुहोस्। भगवान कुबेरको कृपा प्राप्त गर्न सधै बिहान नुहाए दैनिकर कुबेर चालिसा पाठ गर्नुपर्छ।
