जाह्नवी कपूरले ब्राउन सारीमा गरिन् फोटोशूट, लोभलाग्दो अवतारले खिच्यो सबैको ध्यान

एजेन्सी : बलिउड अभिनेत्री जाह्नवी कपूरले हालै आफ्नो फोटोशूटले फ्यानहरूलाई चकित पारेकी छिन्। उनका केही नयाँ तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा उनले प्राचीन तरिकाले सारीलाई आफ्नो शरीरमा लपेटेकी छिन्।

सारी लगाउने तरिकादेखि लिएर उनको मेकअप, गरगहना र लुक निकै अलग छ। यद्यपि उनलाई निकै सुन्दर देखिएको छ। जान्हवीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो फोटोसुटका केही तस्विर शेयर गरेकी हुन्। जसमा उनले गाढा खैरो रङ्गको सारी लगाएकी छिन्।

जाह्नवीले चार तस्बिर शेयर गरेकी छिन्। चारैवटा तस्बिरमा उनको सुन्दरता लोभलाग्दो देखिन्छ।

जान्हवीको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनी केही समयअघि फिल्म ‘मिली’ मा देखिएकी थिईन्। जुन वास्तविक जीवनको घटनामा आधारित फिल्म थियो। यसबाहेक उनी छिट्टै अन्य फिल्ममा पनि देखिदैछिन्। उनी आगामी फिल्म ‘बवाल’ मा देखिने भएकी छिन्। फिल्ममा उनीसँग वरुण धवन पनि हुनेछन्। यसबाहेक उनी फिल्म ‘जन गण मन’मा पनि देखिनेछिन्। यस फिल्ममा उनीसँगै साउथ सुपरस्टार विजय देवरकोंडा र पूजा हेगडे पनि देखिनेछन्।

प्रकाशित : शनिबार, माघ १४, २०७९२२:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हिरो बन्न गोविन्दाले गरेका थिए यत्रो तपस्या, २४ लाख पटक जपेका थिए गायत्री मन्त्र !