काठमाडौँ : शनिदेवलाई कर्मफलदाता भनिन्छ किनकी शनिदेवसँग सम्पूर्ण व्यक्तिको सबै कर्मको लेखाजोखा हुन्छ। त्यस्तै शुक्रलाई धन, वैभव र भौतिक सुखसुविधाको कारक मानिन्छ। हिन्दू पञ्चाङ्ग अनुसार माघ ८ गते आइतबार शुक्र ग्रह कुम्भ राशिमा प्रवेश गरिसकेको छ। जहाँ उनका प्रिय मित्र शनिदेव पनि उपस्थित छन्। जसको कारण शुक्र र शनिको संयोग निर्माण भएको छ। कुम्भ राशिमा शनिको योगको कारण केही राशिका जातकलाई निकै शुभ परिणाम दिनेछ। यिनको संयोगको कारण कसैको भाग्यको द्वार खुल्नेछन् भने कसैलाई अथाह धन लाभ हुनेछ र उनीहरुको वैवाहिक जीवन र प्रेम जीवन पनि राम्रो हुनेछ। शुक्र र शनिको मिलनबाट कुन-कुन राशिले शुभ परिणाम प्राप्त गर्नेछन् त, हेर्नुस्।
शुक्र र शनिको मिलनबाट यी राशिका व्यक्तिहरूलाई मिल्नेछ लाभ
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका व्यक्तिहरुलाई शुक्र र शनिको मिलनबाट निकै शुभ फल मिल्नेछ। तपाईको सबै प्रयास सफल हुनेछन्। व्यापारमा लाभ हुने सम्भावना छ। रोजगारीका धेरै अवसर प्राप्त हुनेछन्। घरको आर्थिक अवस्था राम्रो रहनेछ। नयाँ सवारी साधन खरिद गर्न सकिनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

शुक्र र शनिको मिलनका कारण कन्या राशि हुनेहरुलाई अचानक धनलाभ हुनेछ। हरेक काममा भाग्यले साथ दिनेछ। सफलता प्राप्त हुनेछ। रोकिएका कुनै काम अचानक पूरा हुनेछन्। वैदेशिक यात्राको सम्भावना छ। मान-सम्मान मिल्नेछ ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशि हुनेहरुको आर्थिक अवस्था राम्रो रहनेछ। व्यापार तथा जागिरमा प्रगतिको सम्भावना छ। तपाईका सबै बाधाहरू हट्नेछन्। काममा सफलता मिल्नेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका व्यक्तिहरूलाई व्यापारमा लाभ मिल्ने सम्भावना देखिन्छ। काममा राम्रो अवसर मिल्नेछ। नोकरीपेशामा आबद्द मानिसहरुको समाजमा मान-सम्मान बढ्नेछ। हरेक क्षेत्रमा सफलता मिल्नेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका लागि शुक्र र शनिको संयोग निकै शुभ रहनेछ। मानसिक तनावबाट टाढा रहनुहुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। वैवाहिक जीवनमा आएका बाधाहरू स्वत: हट्नेछन्।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
![]()
शुक्र र शनिको संयोगले मकर राशिका मानिसहरूलाई धनसम्पत्ति वृद्दि गराउनेछ। तपाईको बचत पनि वृद्धि हुने सम्भावना छ। तपाईले आफ्नो बोलीले मानिसहरूलाई प्रभावित पार्नुहुनेछ। घर-परिवारमा सुख-शान्तिको माहोल बन्नेछ। जीवनसाथीसँगको समय राम्रो बित्नेछ।
