ग्रह चक्रकै सबैभन्दा शुभ ग्रहको उदय हुँदा फलिफाप नै फलिफाप हुनेछ यी राशिलाई, गर्नेछन् खुब प्रगति !

ज्योतिषशास्त्रमा देवगुरु बृहस्पतिलाई धन, सम्पत्ति, उच्च शिक्षा र ऐश्वर्य आदिको कारक मानिन्छ। बृहस्पति ग्रहको राशि परिवर्तन, उदय हुँदा तथा अस्त हुँदा मेषदेखि मीनसम्म सबै राशिहरूलाई असर गर्छ। देवगुरु बृहस्पति केही समयपछि मीन राशिमा उदय हुनेछन्। बृहस्पति ग्रहको उदयका कारण केही राशिको भाग्य चम्कन सक्छ।

ज्योतिषीहरूका अनुसार कुण्डलीमा बृहस्पति ग्रहको स्थिति शुभ भएमा धनको साथसाथै व्यक्तिलाई उच्च पद पनि प्राप्त हुन्छ। बृहस्पतिको उदयका कारण केही राशिका व्यक्तिहरूलाई आम्दानीका नयाँ साधन मिल्नेछ र जागिरमा पदोन्नति मिल्नेछ। बृहस्पतिको उदयले कुन राशिलाई फाइदा हुन्छ जान्नुहोस् ?

मिथुन राशि

बृहस्पतिको उदयका कारण मिथुन राशिका व्यक्तिहरुलाई शुभ समाचार मिल्नेछ । करियरमा इच्छित सफलता हात पार्न सकिनेछ । रोजगारीको खोजीमा रहेका मानिसहरूले शुभ समाचार प्राप्त गर्नेछन्। यदि जागिर स्थानान्तरणको लागि प्रयास गर्दै हुनुहुन्छ भने तपाईको काम हुन सक्छ। व्यापारीले नाफा कमाउनेछन् ।

कर्कट राशि

बृहस्पतिको उदयक कारण कर्कट राशि हुनेहरुको भाग्य सूर्य जस्तै चम्कन सक्छ । यो राशिका मानिसहरु लामो यात्रामा जान सक्छन् । भाग्यले केही काम बन्नेछ। आवश्यक चिज उपलब्ध हुनेछ। सुखमय जीवन बिताउनेछ।

कुम्भ राशि

बृहस्पतिको उदय कुम्भ राशिका लागि लाभदायक रहनेछ। बृहस्पतिको प्रभावले शुभ समाचार प्राप्त हुनेछ। रोकिएको धन प्राप्त हुनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ । आम्दानीका नयाँ साधनहरु सृजना हुनेछन् ।

मीन राशि

मीन राशिका व्यक्तिहरूलाई बृहस्पति ग्रहको उदयका कारण विशेष लाभ मिल्नेछ। यस राशिका शासक ग्रहहरू पनि बृहस्पति हुन्। बृहस्पतिको उदयले अचानक आर्थिक लाभको अवसर मिल्नेछ। लामो समयदेखि रोकिएको पैसा फिर्ता हुन सक्छ। जतिसुकै काममा हात हाल्दा सफलता मिल्नेछ ।

प्रकाशित : शुक्रबार, माघ १३, २०७९१४:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनि र चन्द्रको संयोगबाट बन्दै निकै अशुभ ‘विष योग’ बन्दै, यी ३ राशिलाई पर्नेछ नकारात्मक प्रभाव !