काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। माघ १० गते मंगलबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। मंगलबार पवन पुत्र हनुमानको नाममा समर्पित हुने गर्दछ। मंगलबार भगवान हनुमानको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। मंगलबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :
दिन : – मंगलबार ।। नक्षत्र : – शतभिषा , २७:०७ बजे उप्रान्त पूर्वभाद्रपदा ।। तिथि : – तृतीया , २०:१५ बजे उप्रान्त चतुर्थी।। करण : – तैतिल ९:१९ बजेदेखि गर , २०:१५ बजे उप्रान्त वालव ।। योग : – वरियान् , २६:४५ बजे उप्रान्त परिघ ।। २४ जनवरी, २०२३ ।। तृतीया, माघ शुक्लपक्ष ।। माघ १० गते मंगलबार ।। सिल्लाथ्व, ११४३ ने.सं. ।। सूर्योदय(sunrise) : – ६:५६ ।। सूर्यास्त(sunset) : – १७:३६ ।। साइत-कुनै शुभ साइत-मुहूर्त छैन-
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
सवारी साधनको आनन्द बढ्नेछ। शैक्षिक कार्यमा बाधा आउनेछ। आत्म-नियन्त्रित हुनुहोस्। मनमा निराशा र असन्तुष्टिको भावना रहनेछ। परिवारका साथ धार्मिक स्थलमा जान सकिनेछ। पारिवारिक समस्याले सताउनेछ। आपसी मतभेद पनि हुन सक्छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ। चिकित्सा खर्च बढ्नेछ। आत्मविश्वास भरिपूर्ण रहनेछ। आफ्नो जीवनसाथीबाट विचलित हुनबाट जोगिनुहोस्। परिवारको सहयोग मिल्नेछ। आम्दानी बढ्नेछ। धनको स्थितिमा सुधार आउनेछ। धैर्यताको कमी हुनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
अनावश्यक विवादबाट बच्ने प्रयास गर्नुहोस्। काममा परिवर्तनको सम्भावना छ। व्यापार व्यवसायमा कठिनाइको सामना गर्न सकिनेछ। अरु ठाउँमा जान सकिन्छ। आम्दानी बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ। आत्मविश्वासमा कमी आउनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
सन्तानको स्वास्थ्यमा समस्या आउन सक्छ। मन प्रसन्न रहनेछ। परिवारको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा सुधार आउनेछ । आमाको स्वास्थ्यमा सुधार आउनेछ। मिहिनेत बढी हुनेछ। धैर्यता कम हुनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
अनावश्यक विवादबाट टाढा रहनुहोस्। मन खिन्न रहनेछ। नाफामा कमी आउन सक्छ। आत्मविश्वासमा कमी आउनेछ। आम्दानीमा कमी र खर्च बढी हुने स्थितिले मन खिन्न हुनेछ। सुखद समाचार प्राप्त हुनेछ। व्यापार व्यवसायमा कठिनाइको सामना गर्न सकिनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
काममा परिवर्तन सम्भव छ। धार्मिक यात्राको सम्भावना छ। काममा उत्साह र उमङ्ग रहनेछ। मातापिताबाट धन प्राप्तिको सम्भावना छ। नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ। अरु ठाउँमा जान सकिन्छ। सुख निर्माणमा वृद्धि हुनसक्छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
आम्दानीका श्रोतहरु विकास हुनसक्छ । कुराकानीमा सन्तुलित हुनुहोस्। जीवन साथीको सहयोग मिल्नेछ। व्यवसायमा दाजुभाइको सहयोग मिल्नेछ। घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ । बोलीमा कठोरता रहनेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
परिवारका साथ धार्मिक स्थलको यात्रामा जान सकिनेछ। आत्मविश्वासले भरिपूर्ण हुनु हुनेछ। मनमा आशा र निराशाको मिश्रित भावना रहनेछ। धैर्यताको कमी हुनेछ। जागिरमा परिवर्तनको सम्भावना छ। कार्यक्षेत्रको विस्तार पनि हुनेछ। सत्तारुढ प्रशासनबाट सहयोग मिल्नेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
परिवारसँग धार्मिक स्थलको भ्रमणको योजना बन्न सक्छ। व्यापार व्यवसायको सिलसिलामा विदेश यात्राको सम्भावना छ। पारिवारिक समस्याले सताउन सक्छ। खर्चको मात्रा बढ्नेछ। जीवन अव्यवस्थित हुनेछ। बुवाको सहयोग मिल्नेछ। मन अशान्त रहनेछ। साथीभाइको सहयोग मिल्नेछ ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
व्यापार विस्तार हुनसक्छ। खर्चको मात्रा बढ्नेछ। मातापिता समस्यामा पर्नेछन्। मानसिक समस्या बढ्न सक्छ। जीवनसाथीको स्वास्थ्यमा समस्या आउन सक्छ। सुखद समाचार प्राप्त हुनेछ। जागिरमा स्थान परिवर्तनको सम्भावना छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ। माताको सहयोग मिल्नेछ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। व्यापारमा साथीभाइको सहयोग मिल्नेछ। घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ। मान सम्मानमा बृद्धि हुनेछ। मन विचलित हुन सक्छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
कार्यस्थलमा सद्भाव कायम राख्नुहोस्। साथीभाइको सहयोग मिल्नेछ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। आम्दानी बढ्नेछ । क्रोधबाट टाढा रहनुहोस्। काममा प्रगतिको बाटो खुल्नेछ।