आजैबाट यी कुराको ध्यान राखे कहिल्यै हुँदैन धनको कमी, घरमा सधैं हुनेछ माता लक्ष्मीको बास !

आजको समयमा पनि चाणक्यको भनाइ मान्य हुने गर्दछ। महान अर्थशास्त्री, कूटनीतिज्ञ, राजनीतिज्ञ आचार्य चाणक्यले सुखी र सफल जीवन जिउने उपायको बारेमा बताउनु भएको छ। चाणक्यले आफ्नो नीतिमा यस्ता कुराहरू बताउनुभएको छ जुन आज पनि पूर्ण रूपमा सान्दर्भिक छ। जसको कारण उनले करोडौँ मानिसलाई सही दिशा देखाइरहेकी छिन्।

यस्ता व्यक्ति जो जीवनमा बारम्बार असफल भइरहेका छन्, आर्थिक सङ्कटको सामना गरिरहेका छन्, ती व्यक्तिहरूले चाणक्य नीतिमा उल्लेखित कुराहरू पालना गर्नुपर्छ। यी कुराको पालना गर्नाले माता लक्ष्मी प्रसन्न भई घरमा सधैँ माता लक्ष्मीको वास हुने मान्यता रहेको छ। जानौँ कुन घर वा मानिसमा माता लक्ष्मी सदैव कृपालु हुन्छिन्।

यस्तो घर जहाँ श्रीमान्–श्रीमतीबिच विश्वास हुन्छ, उनीहरूले एकअर्कालाई सम्मान र माया गर्छन्। ती घरहरूमा धनको कमी कहिल्यै हुँदैन। यस्तो घरमा माता लक्ष्मीको वास हुन्छ। यस्ता घरहरूमा सधैँ सुख-समृद्धि रहन्छ र यी घरहरू स्वर्गभन्दा कम हुँदैनन्।

जुन घरमा आम्दानीको केही अंश परोपकारमा खर्च हुन्छ, त्यो घरमा धनको कमी हुँदैन। यस्ता घरमा दिनरात प्रगति हुन्छ, शास्त्रमा भनिएको छ कि धनको सबैभन्दा राम्रो प्रयोग दान र धर्म गर्नु हो।

जुन घरमा पाहुनाको आतिथ्यको कमी हुँदैन, त्यहाँ कुनै पनि भिखारी खाली हात फर्किँदैन । साथै, गरिब र खाँचोमा परेकाहरूलाई मद्दत गर्ने काम गरिन्छ, ती मानिसहरू सधैँ धनी रहन्छन्। यी व्यक्तिहरूप्रति माता लक्ष्मी सधैँ दयालु हुन्छिन्।

जुन घरमा ज्ञानी, ऋषि र सन्तको सम्मान हुन्छ। सत्संग हुन्छ। जुन घरमा राम्रो शब्दको प्रयोग हुन्छ, त्यस घरमा सधैँ माता लक्ष्मीको आशीर्वाद हुन्छ।

प्रकाशित : शुक्रबार, माघ ०६, २०७९१६:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि माघको पहिलो शनिबार यस कारण हुनेछ अत्यन्त खास, यी ३ राशिलाई हुनेछ निकै शुभ !