सन् २०२३ मा गजलक्ष्मी राजयोगले मालामाल बनाउनेछ यी ३ राशिलाई

काठमाडौँ : – देवगुरु बृहस्पति मार्गी अवस्थामै २१ अप्रिल सन् २०२३ को राति ८ बजेर ४३ मिनेटमा मीन राशिबाट मेष राशिमा प्रवेश गर्नेछ। बृहस्पतिको गोचरले राशि चक्रको सबै राशिका जीवनमा ठूलो बदलाव आउनेछ। तर ३ राशि यस्ता छन् जसको भाग्य पल्टिनेछ। बृहस्पति मेष राशिमा प्रवेश गरेसँगै गजलक्ष्मी राजयोग बन्नेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका व्यक्तिहरुले अब सफलताको नयाँ आयाम देख्नेछन्। जागिर होस् या व्यापार, करियर होस् या परिवार, जताततै जताततै सकारात्मक परिणाम देखिनेछ। आयमा वृद्धि हुनेछ। सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। लामो समयदेखि अड्किएका मुद्दा-मामिलाहरु समाधान हुनेछन्। स्वास्थ्यमा पनि सुधार आउनेछ। आफ्नो कर्मलाई राम्रो बनाईराख्नुहोस्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिमा शनिको ढैयाको प्रभाव समाप्त हुनेछ र बृहस्पतिले अपार खुशी ल्याउनेछ। तपाईको भाग्य बदलिनेछ र कमाईमा पनि वृद्धि हुनेछ। लगानीबाट प्रशस्त लाभ मिल्नेछ। भाग्यले भरपूर साथ दिनेछ। पारिवारिक वा दाम्पत्य जीवनमा सुख मिल्नेछ। कसैसँग प्रेम सम्बन्धमा हुनुहुन्छ भने उसैसँग विवाहको योग बन्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिबाट शनिको साढेसातीको प्रभाव पूर्ण रुपमा समाप्त हुँदैछ। यो योगबाट तपाईलाई धेरै फाइदा हुनेछ। तपाईको आर्थिक अवस्था धेरै बलियो हुनेछ। तपाईको प्रेम जीवन धेरै राम्रो रहनेछ। यदि विवाहित हुनुहुन्छ भने निकै राम्रो बिताउनुहुनेछ। यात्राको सम्भावना छ।

प्रकाशित : बिहिबार, माघ ०५, २०७९२०:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जन्मकुण्डलीमा शक्तिशाली सूर्यदेवले बनाउनेछ मालामाल, भाग्य चम्काउन अपनाउनुहोस् यी उपाय