माघे संक्रान्ति कै दिनबाट भयो मकर राशिमा ग्रहका पिता-पुत्रको मिलन, यी राशिका मानिसलाई हुनसक्छ अनिष्ट !

माघे संक्रान्तिको दिनबाट सूर्य मकर राशिमा प्रवेश गरेको छ । जनवरी १४ मा सूर्य धनु राशिबाट निस्केर मकर राशिमा प्रवेश गरेको छ। सूर्य मकर राशिमा प्रवेश गर्दा शनि र सूर्यको मिलन भएको छ किनभने मकर शनिको राशि हो। त्यस्तै १७ जनवरीमा शनि कुम्भ राशिमा प्रवेश गर्नेछ, मिथुन र तुला राशिलाई शनिको ढैय्या समाप्त हुनेछ र कर्कट र वृश्चिक राशिको ढैय्या सुरु हुनेछ। त्यस्तै धनु राशिका व्यक्तिहरू शनिको साढे सतीबाट पूर्णतया मुक्त हुनेछन्। मकर, कुम्भ र मीन राशिमा अहिले शनिको साढे सती चलेको छ। मकर राशिमा दुई ग्रहको मिलन हुँदा केही राशिका व्यक्ति सावधान रहन पर्ने भएको छ। जान्नुहोस् कुन-कुन राशि?

सिंह राशि

यस समयमा सिंह राशिका व्यक्तिहरूलाई आमाको पक्षबाट अशुभ समाचार मिल्न सक्छ। यो अवधिमा कसैलाई ऋण नदिनुहोस्। आर्थिक हानि हुन सक्छ। परिवारमा बाबु वा पिताजस्तो व्यक्तिसँग वादविवाद हुन सक्छ। जीवन साथीको स्वास्थ्यको ख्याल गर्नुहोला।

तुला राशि

मकर राशिमा सूर्यको गोचरका कारण तुला राशिका व्यक्तिहरूले मानसिक रूपमा विचलित महसुस गर्न सक्छन्। मित्र वा आफन्तबाट अशुभ समाचार प्राप्त हुन सक्छ। पारिवारिक जीवनमा पनि उथलपुथल आउन सक्छ। यात्राको कार्यक्रम बनिरहेको छ भने चोरी हुनसक्ने भएकाले सावधानी अपनाउनुहोला। यस अवधिमा धैर्यताका साथ हिँड्नुपर्छ।

धनु राशि

यस अवधिमा परिवारको स्वास्थ्यको ख्याल राख्नुहोस् र सम्बन्ध बिग्रन नदिनुहोस्। यस समयमा योजनाहरू गोप्य राख्नुहोस्। आफ्नो बोलीमा नियन्त्रण राख्नुहोस् र कठोर बोल्नबाट बच्नुहोस्। आँखा सम्बन्धी समस्याले सताउन सक्छ।

कुम्भ राशि

यस अवधिमा आर्थिक हानिको सामना गर्नुपर्ने हुन सक्छ। नीच देखाउन खोज्नेहरु सफल हुन सक्छन्। यो राशि परिवर्तनले जीवनमा उथलपुथल सिर्जना गर्नेछ। कामको दबाब र मानसिक तनाव रहनेछ। समझदारीपूर्वक समस्या समाधान गर्नु राम्रो हुनेछ। अरु कसैलाई ऋण नदिनुहोस् घाटा हुन सक्छ।

प्रकाशित : बुधबार, माघ ०४, २०७९१२:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माघ महिनामा श्रीकृष्णको पूजा मानिन्छ निकै लाभदयाक, जान्नुहोस् यसको महत्व !