एजेन्सी- बलिउड फिल्म ‘ये जवानी है दिवानी’ मा रणवीर सिंहसँग देखिएकी अभिनेत्री एवलिन शर्मा दोस्रो पटक आमा बन्न लागेकी छिन्। एवलिनले बेबी बम्पको तस्बिर शेयर गर्दै आफ्ना प्रियजनहरुलाई यो खुसीको खबर दिएकी छिन्। अभिनेत्रीले सन् २०२१ मा एवलिनले तुषान भिन्डीसँग विवाह गरिन्। विवाहको केही समयमा नै अभिनेत्रीले आफ्नो पहिलो बच्चालाई जन्म दिएकी थिइन्।
अहिले अभिनेत्रीले दोस्रो पटक आमा बन्न पाउँदाको खुसी व्यक्त गर्दै आफ्नो इन्स्टाग्राम खातामा केही आकर्षक तस्बिर शेयर गरेकी छिन्। तस्बिरमा उनी आफ्नो बेबी बम्प सार्वजनिक गरिरहेकी छिन्। तस्बिरमा उनले कालो क्रप टप र ट्राउजर लगाएकी छन्। पेटमा एउटा हात राखेर धेरै मायाले मुस्कुराइरहेकी छिन्।
एवलिनले क्याप्सनमा लेखेकी छिन्, “म तिमीलाई मेरो काखमा राख्न पर्खन सक्दिन… बेबी २ आउँदैछ।” उनको खुसीमा बलिउड साथीहरूले साथ दिँदै बधाई दिएका छन्। यस क्रममा उनलाई अभिनेत्री सोनल चौहानलाई बधाई दिएकी छिन् । योसँगै नील नितिन मुकेश, लिसा हेडन र नेहा धुपियाले पनि उनको यो खुशीमा साथ दिएका छन्।
एवलिन शर्माले ‘ये जवानी है दिवानी’, ‘मै तेरा हिरो’, ‘जब ह्यारी मेट सेजल’, ‘यारिया’ जस्ता फिल्ममा काम गरिसकेकी छिन्। एवलिनले अन्तिम पटक २०१९ मा प्रभास र श्रद्धा कपूरको फिल्म ‘साहो’ मा काम गरेकी थिइन्। त्यसपछि अस्ट्रेलिया गएर बिहे गरिन्। उनले एक अन्तर्वार्तामा आफूले ‘महामारीका कारण निकै गोप्य रूपमा विवाह गर्नु परेको बताएकी थिइन्।