काठमाडौँ : नेपाली अभिनेत्री तथा मोडेल मुना गौचन बलिउड सहर मुम्बईमा मोडलिङ गर्छिन्। उनी यतिबेला एजेन्सीमार्फत विभिन्न ब्राण्डका विज्ञापन फोटोसुट र म्युजिक भिडियोमा व्यस्त छिन्। लामो समयदेखि मुम्बईको मोडलिङ क्षेत्रमा संर्घषरत मुनाले अन्तत: चर्चित अभिनेता रणवीर कपूरसँग काम गर्ने अवसर प्राप्त गरेकी छिन्। यसघि उनले बलिउड नायक रणवीर सिंहसँग सहकार्य गरेकी थिईन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा रणवीर सिंहसँग तस्बिर सार्वजनिक गर्दै सहकार्य गरेको जानकारी दिएकी थिईन्।
अराज केशवको फिल्म ‘जालो’ बाट नेपाली चलचित्र उद्योगमा कदम राखेकी मुनाले बलिउड अभिनेता रणवीर कपूरसँग एक विज्ञापनमा काम गरेकी छिन्। मङ्गलबार इन्स्टाग्राममा गरेको पोस्टअनुसार एसियन पेन्ट्सको यो विज्ञापनमा रणवीर र मुनालाई एउटै फ्रेममा देख्न सकिन्छ। विज्ञापन छायांकन सेटमा रणवीर कपूरसँग खिचिएका तस्बिरहरु सार्वजनिक गर्दै मुनाले ‘जादू र जादूगर’ लेखेकी छिन्।
‘एम एण्ड एस’ म्यागजिन मार्फत सन् २०१५ मा मोडलिङ सुरुवात गरेकी मुनाले ‘टिजीआईएफ फेसन विक २०१६’ मा पनि सहभागिता जनाएकी थिइन् ।
अन्य धेरै म्यागजिनको लागि कभर फोटोशुट गरिसकेकी मुनाले एनसेलको विज्ञापन मार्फत डेब्यु गरेकी थिइन् ।
त्यसपछि उनले ‘नेपाल आइस’ लगायत दर्जनौँ विज्ञापन खेलीसकेकी छन् भने भारतमा पनि ल्याक्मे, लोरियर, अमेजन लगायत विज्ञापनमा अभिनय गरेकी छन् ।
गएको मार्चमा उनी ‘रंग लगाया तुने’ बोलको हिन्दि गीतको भिडियोमा पनि देखिएकी थिइन् ।