२२ हजार कर पनि तिर्न सकिन्न अभिनेत्री ऐश्वर्या राय बच्चनले, मिल्यो पत्र !

एजेन्सी- बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई नासिकको सिन्नर तहसीलदारले एक पत्र पठाएको छ । सिन्नर तहसीलदारले अभिनेत्री ऐश्वर्या राय बच्चनसहित १२ सय घरधनीलाई गैर कृषि कर बक्यौता तिर्न यो सूचना जारी गरेको हो।
वास्तवमा सिन्नरको अडवाडी क्षेत्रमा ऐश्वर्याले पवन चक्की लगाउन जग्गा किनेकी थिइन्, जसमा एक वर्षको कर २२ हजार रुपैयाँ लाग्छ। पत्रमा अभिनेत्रीलाई चैत मसान्तभित्र कर बुझाउन निर्देशन दिइएको छ।
२२ हजार रुपैयाँ कर बाँकी छ
ऐश्वर्या राईको आडवाडीको पहाडी क्षेत्रमा करिब १ हेक्टर जमिन रहेको बताइएको छ। यस जग्गाको एक वर्षको कर बापत २२ हजार रुपैयाँ बक्यौता भन्दै ऐश्वर्यालाई नोटिस पठाइएको छ। सिन्नर तहसीलले सम्पत्ति मालिकहरूबाट वार्षिक १.११ करोड राजस्व उठाउने गरेको रहेछ। जसमध्ये ६५ लाख असुली हुन बाँकी रहेको भारतीय सञ्चार मध्यमले जनाएको छ।
चैत मसान्तसम्ममा असुलीको लक्ष्य पूरा गर्न उदेश्यमा राजस्व विभागले यो कारबाही गरेको हो। ऐश्वर्याको फिल्मको कुरा गर्ने हो भने उनको ठूलो लगानीमा बनेको फिल्म ‘पोनियिन सेल्भान १’ गत वर्ष रिलिज भएको थियो। यो फिल्मलाई मणिरत्नमले निर्देशन गरेका हुन्। यस फिल्मको दोस्रो सिरिज २८ अप्रिल २०२३ मा रिलिज हुनेछ। यसमा पनि ऐश्वर्याको महत्त्वपूर्ण भूमिका रहनेछ। फिल्ममा ऐश्वर्यासँगै विक्रम, कार्ती र जयम रवि मुख्य भूमिकामा छन्।
प्रकाशित : मङ्गलबार, माघ ०३, २०७९१२:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रणवीर कपूरसँग एड शूट गरेपछि मुना लेख्छिन् – ‘जादू र जादूगर’