धनको लोभमा करोडपतीसँग विवाह गर्ने बलिउड अभिनेत्री, बने कोही दोस्रो-तेस्रो श्रीमती

एजेन्सी- बलिउडमा यस्ता धेरै अभिनेत्री छन् जसले विवाहका लागि अभिनेता नभई करोडपति वा अरबपति व्यवसायी रोजेका छन्। तिनीहरूमध्ये धेरैले दोस्रो वा तेस्रो पत्नी बन्न पनि पछि हटेका छैनन्। त्यस्तै केही अभिनेत्रीहरू पनि यस्ता छन् जसको करियर खास थिएन र उनीहरूले पैसाका लागि मात्रै विवाह गरेको आरोप पनि लागेको थियो।

शिल्पाले लन्डनका व्यापारी राज कुन्द्रालाई आफ्नो पार्टनरको रूपमा रोजेकी थिइन्। दुवैका दुई सन्तान छन्। भारतीय मिडिया रिपोर्टका अनुसार राजको कुल सम्पत्ति करिब ५५० मिलियन डलर छ। शिल्पालाई मनाउन उनले महँगो बंगला, फ्ल्याटदेखि ल:ग्जरी कारलगायत धेरै महँगो उपहार दिएका थिए। शिल्पा राजकी दोस्रो पत्नी हुन् र बलिउडमा उनको करियर पनि खास थिएन।

सोनमले आफ्नो करियरमा धेरै फिल्ममा काम गरिन् तर उनको करियर सोचे जस्तो सफल हुन सकेन। सोनमले सन् २०१८ मा बेलायतमा बस्ने व्यापारी आनन्द आहुजासँग विवाह गरेकी थिइन्। आनन्दको कुल सम्पत्ति करिब ४७३३ करोड रहेको छ।

अभिनेत्री जुही चावलाले आफ्नो करियरमा धेरै सफल फिल्म दिन सकिन्न र फिल्मबाट ब्रेक लिएर सन् १९९५ मा व्यवसायी जय मेहतासँग विवाह गरिन्। जुही जयकी दोस्रो श्रीमती बनिन्। जय एक प्रसिद्ध व्यापारी हुन् र उनको कुल सम्पत्ति लगभग ३०० करोड छ।

अभिनेत्री विद्या सिद्धार्थ रोय कपुरकी तेस्रो पत्नी हुन्। सिद्धार्थ यूटीभी मोशन पि:क्चर्सका प्रमुख हुन् र उनी एक प्रसिद्ध निर्माता पनि हुन्। उनको कुल सम्पत्ति करिब ९० करोड रहेको छ। दुवैले २०१२ मा विवाह गरेका थिए।

 

प्रकाशित : मङ्गलबार, माघ ०३, २०७९१२:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२२ हजार कर पनि तिर्न सकिन्न अभिनेत्री ऐश्वर्या राय बच्चनले, मिल्यो पत्र !