धार्मिक मान्यता अनुसार हरेक दिन र महिना अनुसार फरक-फरक देवी देवताको पूजा आराधन गरिन्छ। आज मंगलबार, यस दिनलाई भगवान हनुमानको पूजा गर्ने दिन मानिन्छ। भगवान हनुमानलाई बाधाहरू हटाउने र सबै समस्याहरूको उद्धारकर्ता भनिन्छ। पवन पुत्र हनुमानलाई प्रसन्न गर्नाले जीवनमा आउने समस्या स्वतः हट्न थाल्छ भन्ने विश्वास छ।
आज हामी मंगलबारसँग सम्बन्धित ५ चमत्कारी उपायको बारेमा बताइरहेका छौँ। यी उपायहरू गर्नाले हनुमनको कृपाले जीवनमा सुधार आउन धेरै समय लाग्दैन। जान्नुहोस् ती उपायहरू के-के हुन्?
मंगलबारको दिन कुनै मन्दिरमा गएर तथा घरमा आएको भिखारीलाई खाना खुवाउनु पर्छ। ध्यान राख्नुहोस् कि उसलाई पैसा नदिनुहोस्, तर उसलाई खाना मात्र दिनुहोस्। यस दिन कुनै ठाउँमा पनि जान सक्नुहुन्छ जहाँ धेरै बाँदरहरू छन्। यस दिन बाँदरहरूलाई चना, सखर, केरा वा बदाम खुवाउन सक्नुहुन्छ। यी दुवै उपाय सधैँ सूर्यास्त हुनु अघि गर्नुपर्छ। यस उपायले हनुमानलाई प्रसन्न तुल्याउँछ।
यदि कुनै व्यक्तिको कुण्डलीमा शनिको अशुभ नजर चलिरहेको छ भने मंगलवारको दिन १०८ तुलसीको पातमा पहेँलो चन्दनले रामको नाम लेख्नुहोस् । यसपछि ती पातको माला लगाएर हनुमानलाई मन्दिरमा चढाउनुहोस्। यसो गर्नाले मंगल, शनि र राहुसँग सम्बन्धित सबै दोष तुरुन्तै हट्ने जनविश्वास छ। यो उपाय गर्नाले कुनै प्रकारको संकट आउँदैन।
ज्योतिषका अनुसार मंगलबार र शनिबार पनि हनुमान मन्दिर जानुपर्छ। यस दिनहरुमा हनुमान मन्दिरमा बसेर १०८ पटक हनुमान चालिसा पढ्नुहोस्। यसपछि आफ्नो समस्याहरू हटाउन प्रार्थना गर्नुहोस्। भनिन्छ भगवान हनुमानले आफ्ना भक्तहरूको प्रार्थनालाई कहिल्यै बेवास्ता गर्दैनन् र उनीहरूको सबै मनोकांक्षा पूरा गर्छन्।