दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

पोखरा -आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्स विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले आज बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए ।

ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौं ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।

प्रकाशित : सोमबार, माघ ०२, २०७९१२:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माघ ९ गते ‘एनिभर्सरी’ मनाउने थियो योजना, तर ‘गुड मर्निङ बुढी’ भन्ने म्यासेज पठाएर अस्ताए त्रिभुवन !