काठमाडौँ : ज्योतिष शास्त्रको अनुसार सूर्य देवलाई ग्रहहरूको राजा भनिन्छ। भोलि सूर्य मकर राशिमा प्रवेश गर्दै छन्। यससँगै मकर राशिमा शुक्र र शनिको मिलनबाट दुर्लभ संयोग बन्नेछ। मकर संक्रान्तिमा सूर्य र शनिको भेट ३० वर्षपछि हुँदैछ। त्यसैले शनि र सूर्यको यो संयोजनलाई ज्योतिषशास्त्रको दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ।
किनभने सूर्य र शनि बाबु र छोरा हुन् तर दुवैको कट्टर दुस्मनी छ। सूर्यको यो गोचर धनु राशि सहित चार राशिका लागि हानिकारक साबित हुन सक्छ। जान्नुहोस् यी चार राशि कुन-कुन हुन् जसले यस समयमा सावधान रहनु पर्दछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
यस समयमा सिंह राशिका व्यक्तिहरूलाई आमाको पक्षबाट अशुभ समाचार मिल्न सक्छ। यो अवधिमा कसैलाई ऋण नदिनुहोस्। आर्थिक हानि हुन सक्छ। परिवारमा बाबु वा पिताजस्तो व्यक्तिसँग वादविवाद हुन सक्छ। जीवन साथीको स्वास्थ्यको ख्याल गर्नुहोला।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
मकर राशिमा सूर्यको गोचरका कारण तुला राशिका व्यक्तिहरूले मानसिक रूपमा विचलित महसुस गर्न सक्छन्। मित्र वा आफन्तबाट अशुभ समाचार प्राप्त हुन सक्छ। पारिवारिक जीवनमा पनि उथलपुथल आउन सक्छ। यात्राको कार्यक्रम बनिरहेको छ भने चोरी हुनसक्ने भएकाले सावधानी अपनाउनुहोला। यस अवधिमा धैर्यताका साथ हिँड्नुपर्छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
यस अवधिमा परिवारको स्वास्थ्यको ख्याल राख्नुहोस् र सम्बन्ध बिग्रन नदिनुहोस्। यस समयमा योजनाहरू गोप्य राख्नुहोस्। आफ्नो बोलीमा नियन्त्रण राख्नुहोस् र कठोर बोल्नबाट बच्नुहोस्। आँखा सम्बन्धी समस्याले सताउन सक्छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
यस अवधिमा आर्थिक हानिको सामना गर्नुपर्ने हुन सक्छ। नीच देखाउन खोज्नेहरु सफल हुन सक्छन्। यो राशि परिवर्तनले जीवनमा उथलपुथल सिर्जना गर्नेछ। कामको दबाब र मानसिक तनाव रहनेछ। समझदारीपूर्वक समस्या समाधान गर्नु राम्रो हुनेछ। अरु कसैलाई ऋण नदिनुहोस् घाटा हुन सक्छ।