आज यी मन्त्रको जप गर्नुहोस्, श्री हरिको कृपाले सबै दुःखबाट मुक्ति मिल्नेछ, पूरा हुनेछन् सबै मनोकामना !

हिन्दु धर्ममा हरेक दिन एक वा अर्को देवतालाई समर्पित हुन्छ। बिहीबार बृहस्पति देव र भगवान विष्णुको दिन हो। यस दिन विधिपूर्वक भगवान विष्णुको पूजा–आराधना गरी व्रत बस्दा उहाँलाई प्रसन्न तुल्याउँछ र भक्तजनमा आशीर्वादको वर्षा हुन्छ। बृहस्पति ग्रहलाई सुख, वैभव, विवाह, सन्तान आदिको कारक मानिएको छ। ज्योतिष शास्त्रका अनुसार जसको कुण्डलीमा बृहस्पति उच्च स्थानमा विराजमान हुन्छ, उनीहरुलाई जीवनमा सबै सुख प्राप्त हुन्छ।

कुण्डलीमा बृहस्पतिको शुभ स्थानले समाजमा व्यक्तिलाई मान सम्मान प्रदान गर्छ। अर्कोतर्फ, बृहस्पति कमजोर हुँदा व्यक्तिले धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। यसरी राशिफलमा बृहस्पतिको अशुभ प्रभावलाई कम गर्न र शुभ प्रभाव बढाउनको लागि ज्योतिषशास्त्रमा केही उपाय र मन्त्रको उल्लेख गरिएको छ। यी मन्त्रहरूको जप गर्नाले व्यक्तिले शुभ फल प्राप्त गर्छ।

बृहस्पतिको वैदिक मन्त्र

ओम बृहस्पते अति यदर्यो अर्हाद् द्युमद्विभाति क्रतुमज्जनेषु

यद्दीदयच्छवस ऋतप्रजात तदस्मासु द्रविणं धेहि चित्रम्।।

ध्यान मन्त्र

रत्नाष्टापद वस्त्र राशिममलं दक्षात्किरनतं करादासीनं,

विपणौकरं निदधतं रत्नदिराशौ परम्।

पीतालेपन पुष्प वस्त्र मखिलालंकारं सम्भूषितम्,

विद्यासागर पारगं सुरगुरुं वन्दे सुवर्णप्रभम्।।

बृहस्पति शान्ति मन्त्र

देवानाम च ऋषिणाम च गुरुं कांचन सन्निभम।

बुद्धिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम्।।

ॐ बृं बृहस्पतये नमः।।

ॐ ग्रां ग्रीं ग्रौं सः गुरुवे नमः।।

ॐ ह्रीं नमः।

ॐ ह्रां आं क्षंयों सः ।।

बृहस्पति मन्त्र

ॐ ग्रां ग्रीं ग्रौं सः गुरुवे नमः।

ॐ बृं बृहस्पतये नमः।

प्रकाशित : बिहिबार, पुष २८, २०७९११:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजबाट बुधको उदयले सूर्य जस्तै चम्किँदै यी राशिको भाग्य, जान्नुहोस् कुन-कुन राशि!