बुध गोचरबाट बन्दैछ त्रिभुज राजयोग, यी तीन राशिको आर्थिक उन्नतिको प्रबल सम्भावना !

जनवरी र फेब्रुअरी २०२३ मा धेरै ग्रहहरूले आफ्नो राशि परिवर्तन गर्नेछन्, जसले धेरै राशिका मानिसको जीवनमा प्रभाव पार्न सक्छ। बुध ग्रहले फेब्रुअरी २०२३ मा मकर राशिमा प्रवेश गर्नेछ। बुधको यो राशि परिवर्तनले त्रिकोण राजयोग सिर्जना गर्नेछ, जुन धेरै राशिका लागि लाभदायक हुन सक्छ।

ज्योतिषशास्त्र अनुसार बुध ग्रहलाई शुभ ग्रह मानिन्छ। बुध ग्रहलाई ज्ञान, विद्या, बुद्धि र तार्किक क्षमता आदिको कारक मानिन्छ। जानौं मकर राशिमा बुध ग्रहको गोचरले कुन राशिका मानिसलाई फाइदा हुनेछ।

मेष राशि

मकर राशिमा बुधको गोचर यस राशिका लागि फलदायी साबित हुन सक्छ। यस्तोमा, यस राशिका मानिसको कुण्डलीको दशौं घरमा त्रिभुज राजयोग बन्नेछ। कार्यस्थलमा सफलता हात पार्न सक्छन्। नयाँ कामको अवसर पनि फेला पर्न सक्छ। सामाजिक सम्मानमा पनि वृद्धि हुनसक्छ। साथै, व्यवसायीहरूले पनि व्यापारमा राम्रो नाफा कमाउन सक्छन्।

तुला राशि

यस राशिका व्यक्तिहरुको कुण्डलीमा बुध ग्रह चौथो घरमा प्रवेश गर्नेछ। बुधको गोचरबाट तुला राशिका मानिसले सकारात्मक परिणाम प्राप्त गर्न सक्छन्। सुख सुविधामा वृद्धि हुन सक्छ। यस अवधिमा तपाईंले नयाँ सवारी साधन र सम्पत्ति पनि किन्न सक्नुहुन्छ।

मकर राशि

बुधको गोचर यस राशिमा हुने भएकाले यस राशिका लागि बुधको राशि परिवर्तन धेरै लाभदायक हुनेछ। करियरमा प्रगति हुनुका साथै आम्दानीको श्रोत पनि बढ्न सक्छ। मानसिक तनावबाट मुक्ति पाउन सक्छन्।

प्रकाशित : बुधबार, पुष २७, २०७९१२:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसपटक बिहीबार परेको बसन्त पञ्चमी, ज्योतिष शास्त्रका यी उपायले माता सरस्वतीलाई गर्नुहोस् प्रसन्न !