घरमा यी ५ शुभ संकेत देखिनु हुन्छ निकै शुभ: छिटै हुनेछ माता लक्ष्मीको आगमन, पल्टिनेछ भाग्य !

धार्मिक शास्त्रमा माता लक्ष्मीलाई ऐश्वर्य र समृद्धिकी देवी मानिएको छ। भनिन्छ, जसमाथि लक्ष्मी देवी प्रसन्न हुन्छिन्, उनको जीवनमा कहिल्यै कुनै पनि कुराको कमी हुँदैन। उनी स्थायी रूपमा कुनै घरमा बस्ने गर्दिनन् र पालैपालो सबैलाई आशीर्वाद दिइरहेकी हुन्छिन्। यस्तोमा, माता लक्ष्मीले कुनै पनि घरमा प्रवेश गर्न लाग्दा केही संकेत मार्फत आफ्नो आगमनको जानकारी गराउने गर्छिन्। यदि तपाईंले पनि यस्ता संकेत पाउनुभयो भने बुझ्नुहोस् कि छिटै नै तपाईंको भाग्य परिवर्तन हुने पक्का छ। आज हामी तपाईंलाई त्यस्तै ५ लक्षणका बारेमा बताउँदैछौँ।

माता लक्ष्मीको आगमनको संकेत

सर-सफाई

माता लक्ष्मीलाई सरसफाई धेरै मन पर्छ। जुन घरमा सरसफाईमा धेरै ध्यान दिइन्छ, त्यहाँ लक्ष्मी अवश्य आउनुहुनेछ र लामो समयसम्म त्यहाँ बस्नुहुनेछ। यदि तपाईं पनि माता नारायणीलाई प्रसन्न पार्न चाहनुहुन्छ भने आफ्नो र घरको सरसफाईमा विशेष ध्यान दिनुहोस्।

उल्लु

शास्त्रमा उल्लुलाई माता लक्ष्मीको वाहन मानिएको छ। यदि तपाईंले घरको वरिपरि कतै उल्लु देख्नुभयो भने, यसलाई आफ्नो सौभाग्यको संकेत मान्नुहोस्। यो संकेत हो कि माता लक्ष्मी चाँडै तपाईंको घरमा आउनुहुनेछ। यस्तो अवस्थामा उनीहरुलाई स्वागत गर्ने तयारी गर्नुपर्छ।

बिहानको शंखको ध्वनि सुन्नु

शंखलाई माता लक्ष्मीको भाइ मानिन्छ। बिहान उठ्ने बित्तिकै शंखको आवाज सुन्नुभयो भने सम्झनुहोस् माता लक्ष्मीले तपाईंलाई आफ्नो आगमनको संकेत दिईरहनुभएको छ।

कुचो लगाएको देख्नु

माता लक्ष्मीलाई कुचो धेरै प्रिय छ। कुचोले नै घरको सबै फोहोर र धुलो सफा गर्छ। बिहानै कतै कसैले कुचो लगाएको देखेमा शुभ चिन्ह मानिन्छ। अर्थात् लक्ष्मीको कृपा तपाईंमाथि प्राप्त हुनेछ।

खानपान

भनिन्छ, जुन घरमा माता लक्ष्मीको आगमन हुन्छ, त्यस घरका सदस्यको खानपान स्वतः परिवर्तन हुन थाल्छ। यस्ता मानिसहरु मांसाहारी खाना र सबै प्रकारको नशाबाट टाढा रहन्छन्। उनीहरूलाई कम भोक लाग्छ र कम खाना पनि पर्याप्त हुन थाल्छ।

प्रकाशित : बुधबार, पुष २७, २०७९११:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मार्गी मंगलले ल्याउनेछ विनाश, छिट्टै यी राशिको जीवनमा आउनेछ भूकम्प !