श्रीलंकामा जन्मिन्, अमेरिकामा हुर्किन्, सुपरस्टार विजयसँग विवाह गरिन् : २३ वर्षपछि डिभोर्सको खबर

एजेन्सी : दक्षिण भारतीय अभिनेता विजय थलापति अहिले आफ्नो आउँदो फिल्म वरिसु (Varisu) को प्रचारप्रसारमा व्यस्त छन्। यस फिल्ममा साउथका सुपरस्टार विजय अभिनेत्री रश्मिका मन्डन्नासँग देखिनेछन्। यसैबीच मास्टर अभिनेता विजय बिहे गरेको २३ वर्षपछि आफ्नी श्रीमती सङ्गीतासँग सम्बन्धविच्छेद गर्दैछन्। तर आज हामी यहाँ उनीहरुको प्रेम जीवनको बारेमा चर्चा गर्छौं।

अभिनेता विजयले जसरी पर्दामा उत्कृष्ट अभिनय प्रदर्शन गरी दर्शकको मन जित्छन् त्यसरी नै उनले सङ्गीता सोर्नालिंगमलाई प्रभावित पारे। पहिलो भेटमै दुवै एकअर्काको धेरै नजिक आएका थिए।

साउथको यो जोडीको पहिलो भेट सन् १९९६ मा भएको थियो। सङ्गीताको परिचय विजयसँग एक कट्टर प्रशंसक (Die-hard fan) को रुपमा भएको थियो।

विजयले फ्यानसँग बिहे गरेको सुन्दा अनौठो लाग्न सक्छ तर यो वास्तविक हो। सङ्गीता सधैँ टिभी र सिनेमाहलमा विजयका फिल्महरु हेर्ने गर्थिन्, विजय उनको सबैभन्दा मनपर्ने स्टार थिए। यसैबीच थलपति विजयको फिल्म पूवे उनक्कागा (Poove Unakkaga Movie) प्रदर्शनमा आयो, जुन फिल्म हेरेर सङ्गीता झन् प्रभावित भईन्। र उनी अमेरिकाबाट सिधैं चेन्नई आइन्।

पूवे उनक्कागामा विजयको शानदार अभिनय देखेर सङ्गीताले अमेरिकाबाट भारतसम्मको यात्रा गरिन् र उनको अभिनयको खुलेर तारिफ गरिन्। त्यसपछि विजय आफ्नो कट्टर प्रशंसक सङ्गीताको समर्पणबाट धेरै प्रभावित भए र त्यसपछि उनले उनको परिवारसँग परिचय गराए।

परिवारका सबैलाई सङ्गीताको स्वभाव मनपर्यो। यसरी बिस्तारै दुवै एक-अर्काको असल साथी बने र उनीहरुबीच प्रेम अंकुराउन थाल्यो। त्यसपछि सङ्गीता र विजयले २५ अगस्ट सन् १९९९ मा विवाह गरे।

विजयकी पत्नी सङ्गीताको जन्म खासमा श्रीलंकामा भएको थियो तर उनको परिवार संयुक्त राज्य अमेरिकामा बस्न थाले।

विजय र सङ्गीताको विवाह भएको २३ वर्ष भईसकेको छ। दम्पतीका दुई सन्तान छन्, एक छोरा जेसन र छोरी दिव्या। यो जोडी आफ्नो जीवनमा खुसी छन् र सम्बन्धविच्छेदको खबर अफवाह मात्र हो।

प्रकाशित : शनिबार, पुष २३, २०७९१५:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाली सुपरस्टार्सको भन्दा बढी छ टेलर स्विफ्टको बिरालोको नेटवर्थ