शुक्र देवको गोचरले बन्दै विशेष ‘मालव्य योग’, यी ३ राशिको धन-पद, प्रतिष्ठामा हुनेछ उच्च वृद्धि!

वैदिक ज्योतिषमा शुक्रलाई शुभ ग्रह मानिन्छ। शुक्र ग्रहलाई शारीरिक सुख, दाम्पत्य सुख, कला, प्रतिभा आदिको कारक मानिन्छ। सन् २०२३ फेब्रुअरीमा शुक्रले आफ्नो राशि परिवर्तन गर्दैछ, जसले केही राशिलाई शुभ र अशुभ प्रभाव पार्न सक्छ। ज्योतिषशास्त्रका अनुसार १५ फेब्रुअरीमा शुक्र आफ्नो राशि परिवर्तन गरी मीन राशिमा प्रवेश गर्नेछ।

मीन राशिलाई शुक्रको देवको शुक्र ग्रह मानिन्छ। कुम्भ राशि छोडेर शुक्र आफ्नो उच्च राशिमा प्रवेश गर्दा ‘मालव्य योग’ बनिरहेको छ। शुक्रको गोचरबाट बनेको यो योगबाट धेरै राशिका व्यक्तिहरूले आर्थिक लाभ प्राप्त गर्न सक्नेछन्। जान्नुहोस् यस योग बन्दा कुन-कुन राशिका मानिसहरूलाई फाइदा हुनेछ।

कुम्भ राशि

शुक्रको गोचरबाट बनेको ‘मालव्य योग’ यस राशिका मानिसका लागि फलदायी साबित हुन सक्छ। आर्थिक अवस्था राम्रो रहन सक्ने र आर्थिक लाभको प्रबल सम्भावना पनि बनेको छ। अर्कोतर्फ जागिर गर्नेहरूले पनि भाग्यको पूर्ण साथ पाउन सक्छन्। करियरमा प्रगतिका लागि धेरै अवसरहरू आउन सक्छन्।

धनु राशि

जनवरी १७ तारिखबाट शनिदेवको गोचरसँगै यस राशिका मानिसमा चलिरहेको शनि साढे सतीको अन्त्य हुनसक्छ। अर्कोतर्फ शुक्र गोचरसँगै यस राशिका व्यक्तिको रोकिएका सबै काम पूरा हुन थाल्नेछन्। जीवनमा अगाडी बढ्नका लागि धेरै अवसरहरू प्राप्त गर्न सकिन्छ। यस समयमा धनु राशिका व्यक्तिले यस अवधिमा विवाह गर्न सक्छन्।

सिंह राशि

सिंह राशि हुनेहरुका लागि शुक्रको गोचर लाभदायी साबित हुन सक्छ। राजनीतिमा संलग्न व्यक्तिले लाभ उठाउन सकिनेछ र ठुलो पद प्राप्त गर्न सकिनेछ। वैवाहिक जीवनमा आउने समस्या पनि यस अवधिमा हट्न सक्छ। कुनै अचल सम्पत्ति वा नयाँ गाडी पनि किन्न सक्नुहुन्छ।

प्रकाशित : शुक्रबार, पुष २२, २०७९१६:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिहान उठ्ने बित्तिकै नगर्नुहोस् यी ४ काम, अन्यथा हुनेछ घाटा, लक्ष्मी माता हुन्छिन् क्रोधित