भोलि पुष २३ गते शनिबार: कुन राशिको दिन हुनेछ सबैभन्दा शुभ ? पढ्नुहोस् दैनिक राशिफल !

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। पौष २३ गते शनिबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। शनिबार दिन शनिदेवको नाममा समर्पित हुने गर्दछ। शनिबार शनिदेवको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। शनिबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

पौष २३ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – शनिबार ।।। नक्षत्र-  पुनर्वशु , २६:२५ बजे उप्रान्त तिष्य ।।। तिथि – प्रतिपदा , २९:४१ बजे उप्रान्त द्वितिय ।।। करण – वालव १६:३६ बजेदेखि कौलव , २९:४१ बजे उप्रान्त गर ।।। योग – ऐन्द्र , ८:५८ बजे उप्रान्त वैधृति ।।। पौष २३, २०७९, शनिबार।।। ०७ जनवरी, सन् २०२२ ।।। प्रतिपदा, माघ कृष्णपक्ष ।।। पोहेलाथ्व, ११४३ ने.सं. ।।। सूर्योदय – ०६: ५८ ।।। सूर्यास्त – १७:२२ ।।।  शुभ साइत : – रुद्री गर्ने साइत, होम गर्ने साइत-

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

व्यापार व्यावसायमा मनग्य लाभ हुने दिन छ। रमाइलो यात्राको सम्भावना छ। जीवनमा साँचो प्रेमको कमी अनुभव गर्नुहुनेछ। रोमान्टिक जीवनमा पनि सफल हुनेछ। जीवनको भीडभाडको बीचमा आज आफ्ना सन्तानको लागि समय निकाल्नुहुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

विद्यार्थीहरुको लागि दिन सफलताको दिन रहेको छ । व्यापारमा रोकिएको धन आउन सक्छ । नोकरीमा पदोन्नति तर्फ लाग्नेछ । सन्तानको समस्या हट्नेछ । आर्थिक लाभको अवसर मिल्नेछ । धनको आगमनले आज आर्थिक समस्याबाट मुक्ति मिल्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस्। व्यापारमा सफलता मिल्नेछ। कुनै पनि निर्णयमा गर्न अलमल हुनेछ । कसैलाई आफ्नो कुरा स्वीकार गर्न जबरजस्ती नगर्नुहोस्। साथीभाइलाई पनि जीवनको आनन्द समय बिताउन सक्नु हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

काम र व्यापारबाट राम्रो समाचार आउनेछ। व्यापारमा नयाँ सम्झौताबाट प्रगति हुने संकेत मिल्नेछ। जीवन साथीसँगको मनमुटाव समाधान हुनेछ । जीवनसाथीबाट विशेष उपहार प्राप्त गर्न सकिनेछ। सवारी चलाउँदा सावधानी अपनाउनुहोस।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

दिन व्यापार योजना स्थगित गर्नु उचित हुने छैन। सोच धेरै सकारात्मक हुनेछ हुने दिन छ। रोकिएका काम पूरा गर्ने प्रयास हुनेछ । तलब वृद्धिले उत्साह भर्न सक्छ। नजिकको व्यक्तिले आर्थिक सहयोग गर्न सक्छन्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

काममा सफलता मिल्दा मन प्रसन्न रहनेछ। पारिवारिक वातावरण अलि नकारात्मक रहनेछ। व्यापारीक समस्या समाधान हुनेछ। आफ्नो प्रियजनलाई आफ्नो भावना व्यक्त गर्न गाह्रो हुनेछ। आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

जागिरमा पदोन्नतिको सम्भावना छ। दाजुभाइको सहयोग मिल्नेछ। सन्तानसँग रमाइलो समयको आनन्द लुनु हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ । पुराना साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ। जीवनसाथीको मागले तनाव निम्त्याउन सक्छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

व्यापार व्यवसायमा प्रगतिको सम्भावना छ। विद्यार्थीहरुको लागि सफलताको दिन रहेको छ । आफन्तसँगको सम्बन्ध बिग्रन सक्छ । रचनात्मक कार्यले  वरपरका मानिसहरू प्रभावित हुनेछन् र तपाईंको उच्च प्रशंसा हुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

अचल सम्पत्ति बढ्नेछ। दिनचर्यालाई संयमित राख्नुहोस्। खानामा लापरवाही नगर्नुहोस्। विपक्षीसँग सजग रहनुपर्छ। आफ्नो प्रिय नजिकका मानिसहरूसँग समय बिताउन सक्नु हुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

जागिर परिवर्तन सम्बन्धी कुनै पनि निर्णय सावधानीपूर्वक लिनुहोस्। नयाँ व्यवसायमा लाग्न सक्नु हुन्छ। व्यापारमा नयाँ प्रस्तावहरू फेला पार्न सकिन्छ। पारिवारिक समस्याहरू समाधान गर्नको लागि तपाईंको बच्चाको जस्तो निर्दोष व्यवहारले महत्त्वपूर्ण भूमिका खेल्नेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

काममा तनाव रहनेछ। व्यापारमा नयाँ कामको थालनी हुनेछ। कसैसँग विवाद गर्नबाट टाढा रहनुहोस्। परिवारसँग समय बित्नेछ। कार्यालयमा स्नेहको वातावरण रहनेछ। जीवनमा नयाँ अनुभव हुनेछ। विवाहको प्रस्ताव प्राप्त गर्न सकिन्छ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

स्वास्थ्यमा थोरै तनाव हुनसक्छ। पारिवारिक काममा व्यस्त भइनेछ । कुनै पनि काम गर्नु अघि, त्यसको रूपरेखा निश्चित गर्नुहोस्। काम र घरको दबाबले तपाईलाई अलिकति मिजासिलो बनाउन सक्छ। दिन नयाँ सोचले भरिपूर्ण हुनुहुनेछ।

प्रकाशित : शुक्रबार, पुष २२, २०७९१६:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुष २३ गते शनिबारको राशिफल: यी राशिलाई हुनेछ अथाह धन लाभ !